Saturday 4th April 2026

सरिता काफ्लेका उत्कृष्ट पाँच (५) पञ्चाङ्गहरू


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”

पञ्चाङ्ग ०१

अन्तर मनकै यात्रा जाति मान्छु
ईश्वरको स्वरुप पो भाति मान्छु
ज्वाजल्यमान स्वरुप हृदयभित्र
अर्पण गर्ने पवित्र पाति मान्छु
दर्शन पाइन्छ भन्ने राति मान्छु।

पञ्चाङ्ग ०२

वायुको विछ्यौनामा झुलाउँछौ तिमी
गगन मार्ग हुदै डुलाउँछौ तिमी
स्वरुप पन्छि सरी निर्जिव विमान
कल्पनाको सैरमा झुलाउँछौ तिमी
अवोध बालक पो रुवाउँछौ तिमी

पञ्चाङ्ग ०३

प्राणीको जीवन दाता माटो
सृष्टिको सृजना माता माटो
वेदना लुकाउने स्थल यो
सौगात बुझाउने ज्ञाता माटो
विसौनी मानवको पाता माटो

पञ्चाङ्ग ०४

अन्यायको विगुल फुक्ने तन कलम
आत्माको परिचय वाड्ने मन कलम
विद्वान,विदुषीको शस्त्र अनि परिचय
चट्ट खल्तिमा सजाउने झन कलम
मनको बाडी तेर्स्याउने गन कलम

पञ्चाङ्ग ० ५

सेतो बस्त्र पहिरीएको कापीको पाना बनी
जनजनको भावना कोरिएको चाना बनी
अन्याय विरुद्धको लडाइमा सहभागी हुँ
रचनाका रङ्ग रुप पो उन्ने नामा बनी
हृदयको रोदन चित्कारका ताना बनी

सरिता काफ्ले, बाँके कोहलपुर


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

प्रतिकृयाहरू
...