Friday 23rd January 2026

नेतृत्व तथा भाषण कला तालिम सम्प्पन


संबृद्ध सृजनसिल महिला समाज चन्द्रागिरि-१४ ले सन्चालन गरेकाे चार दिने नेतृत्व तथा भाषण कला तालिमकाे एक समाराेह विच समापन भएकाेछ ।

समाजकी अध्यक्ष इन्द्रावती श्रेष्ठकाे सभापतित्व एबं चन्द्रागिरिका नगर प्रमुख घनश्याम गिरिकाे प्रमुख अातिथ्यमा भएकाे उक्त समाराेहमा सहभागिहरुलाई प्रमाण पत्र दिनु हुँदै प्रमुख अतिथि गिरिले हाम्राे पालामा सिक्ने व्यवस्था थिएन समाजले नै सिकायाे ।य हाहरुले टेक्निकल्ली प्रशिक्षण लिनु भएकाे छ । हामीले २० वर्षमा सिक्न नसकेकाे २० मिनेटमा सिक्ने स्थितिकाे विकास भएकाे छ,निस्पक्ष र पारदर्शि नभै विकास गर्न सकिदैन भन्नु भयाे ।

समाज सेवी,साहित्यकार कवि जनार्दन अधिकारी धड्कनले तालिम सिकेर मात्रै हुँदैन सिकेकाे कुरालाइ कार्यान्वयनमा उतार्न नसके बाैद्धिक स्थितिमा पनि खिया लाग्दै जान्छ भन्नु भयाे ।

साे अवसरमा चन्द्रागिरि १४ का अध्यक्ष रामहरि बस्नेत,प्रमुख प्रशिक्षक दीपक लामिछानेले तालिम सम्वन्धी मन्तव्य व्यक्त गर्नुथियाे भने प्रशिक्षार्थी सम्झना अधिकारी,र सन्जिव महर्जनले तालिमकाे अनुभव व्यक्त गर्नु भयाे।

विनु बस्नेतकाे कुशल उद्घाेषण र इन्दिरा खड्काकाे स्वागतबाट शुरु भएकाे साे समाराेह सभापति ज्यूबाट मायाकाे चिनाे प्रदान गरि धन्यवाद ज्ञापनका साथ अाैपचारिक समाप्ति भएकाे थियाे ।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

प्रतिकृयाहरू
...