Saturday 4th April 2026

टहल आचार्यको गजल संग्रह – ३४


गजल

म सँग भेट्न तिम्रो राम्रो काम हुनुपर्छ ,
मुखमा नभै बगलीमा टन्न दाम हुनुपर्छ ।

रावणले हरेपछि दुनियाको दोष मेट्न ,
सीता त्याग्ने होईन साथ दिने राम हुनुपर्छ ,

स्वाभिमान स्वावलम्वन मेहनत योग्यताको ,
सन्सारमा फैलिएको किर्ती नाम हुनुपर्छ । ,

सबैमाझ हाँसीखुशी सद्भाव एकताको ,
स्वर्ग जस्तो शान्ती दिने घरै धाम हुनुपर्छ ।

आरोह अवरोह जीवनका मोडहरुमा ,
एक नास रमाईलो शुभ शाम हुनुपर्छ ।

टहल आचार्य
२०७८/१०/२५


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

प्रतिकृयाहरू
...