“पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
———-
🙏पञ्चाङ्ग ०१
सिर्जनशील जनलाई ज्ञान भर्दै जाऊ तिमी
अशिक्षित मनुष्यलाई शिक्षा छर्दै जाऊ तिमी
वसन्त पञ्चमी पर्व हामी धुमधाम मनाऊँ
अज्ञानीछौँ हामी हाम्रो भर पर्दै जाऊ तिमी
भएको कमि कमजोरी सबै हर्दै जाऊ तिमी
✍️सोमनाथ लुइटेल ” रवि पाल्पाली ”
🙏पञ्चाङ्ग ०२
बिद्यादेवी सवैकाे मनमा वसुन
सनातन धर्मिकाे तनमा वसुन
सवैमा आज चढाए शुभ कामना
धन नभै नहुने धनमा वसुन
विद्यार्थी बर्गका नै जनमा वसुन
✍️मधुसूदन प्रसाद घिमिरे
🙏पञ्चाङ्ग ३
विद्या,बुद्धि,ज्ञानकी दाता जय सरस्वती माता
अज्ञान हरिदेउ दाता जय सरस्वती माता
अपार महिमा भक्ति भाव अर्पण गर्छौ
सेवा भाव पो भर्ने भ्राता जय सरस्वती
माता
चरण कमल कि ज्ञाता जय सरस्वती माता
✍️सरिता काफ्ले कोहलपुर बाँके
🙏पञ्चाङ्ग ०४
मुखमा सरस्वतीको बास होस् सबैको।
आजको दिन अक्षराम्भ खास होस् सबैको।
विद्याकी देवीलाई हामी नमन गरौं,
हृदयमा देवीको आभास होस् सबैको।
आजै देखि नै विद्याको रास होस् सबैको ।
✍️सुशीला पौडेल , काठमाडौं
🙏पञ्चाङ्ग ०५
अज्ञानता हटाइ ज्ञान भरुन् यही अवसरमा
सेवा नै धर्म भनी शिक्षा छरुन् यही अवसरमा
वसन्त पञ्चमीले हरेक पक्षमा वसन्त ल्याओस्
एक ~अर्काका साथ भर परुन् यही अवसरमा
सके सम्म आफ्नै ज्ञानले गरुन् यही अवसरमा ।
✍️प्रेम थापा , बागलुङ
🙏पञ्चाङ्ग ०६
स्रग्विणी छन्द :
सरस्वती बन्दना, एक पञचाङ्ग
—————-
प्रार्थना गर्छु हे शारदा भक्तिले,
पाउमा पर्छु हे शारदा भक्तिले।
भारती, रागिनी मातृका इश्वरी,
विद्वता छर्छु हे शारदा भक्तिले।
अर्चना भर्छु हे शारदा भक्तिले।।
✍️ नारायणप्रसाद निरौला, काठमाडौँ।
🙏पञ्चाङ्ग ०७
बिध्याकि नै दाता हौ तिमी खानि माता सरस्वती
सबलाई सद्बुद्धि दिने दानी माता सरस्वती
महिमा अपार जग जग वसन्त पञ्चमीको
कण्ठ कण्ठ निवास गर्ने ज्ञानी माता सरस्वती
दुःखी जनको दुःख हर्ने रानि माता सरस्वती
✍️चेतना पोखरेल , मोरङ
🙏पञ्चाङ्ग ०८
ज्ञान बुद्धि र बिवेक की खानी हौं सरस्वती ,
तिम्रो म आरधाना गर्छु दानी हौं सरस्वती।
आजको तिम्रो यो पुजनले हुन्छ सिद्धि भन्छन्
सबैको सिरमा बास छ ज्ञानी हौं सरस्वती ,
छौँ अन्तर यामि तिमी त ध्यानी हौं सरस्वती ।
✍️दुर्गा आचार्य , मोरङ
पञ्चाङ्ग ०९
तिमी बिद्याकि खानी सरस्वती माता
हौं सद्बबुद्धिकी दानी सरस्वती माता
महिमा अपार धरामा पञ्चमीको
मुखमा बस्ने ज्ञानी सरस्वती माता
छौं दु:ख हर्ने ध्यानी सरस्वती माता ।।
दुर्गा भट्टराई
मोरङ
🙏 पञ्चाङ्ग १०
सृजनात्मक कार्यमा झुलोस् माता यो मन,
सधैँ सुविचार बोकी डुलोस् माता यो मन।
तिम्रो कृपा प्राप्त भइरहोस् सधैभरि नै
साहित्य सूधापानमा भुलोस् माता यो मन,
हर्षित भइ सर्वत्र खुलोस् माता यो मन।
✍️अरुण कु.भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत
🙏पञ्चाङ्ग ११
सरस्वती माता तिमी सबैको मनमा बसुन्।
दुःखी दरिद्रि अगाडि अबोध जनमा बसुन् ।
ज्ञानको मार्ग जान सबैलाइ प्रेरणा मिलोस्
अज्ञान नाश गरेर मानव जनमा बसुन्।
हामी प्रार्थना गर्छौ सबैका तनमा बसुन्।
✍️लक्ष्मी बस्याल बर्दिया
🙏पञ्चाङ्ग १२
सरस्वती माता तिम्राे अाशीर्वाद पाऊँ मैले
निलकण्ठ बाट जैल्यै तिम्रै गीत गाऊँ मैले
अाराधना गरी सधैँ तिम्रै पूजा पनि गर्छु
सधैँभरि तिम्रो फाेटाे छाती मागि लाऊँ मैले
तिम्रो मन मुटु भित्र पनि अानन्दले छाउ मैले
✍️ताेयानाथ सुवेदी , काठमाडौं
🙏पञ्चाङ्ग १३
विद्या , बुद्धि, ज्ञानकी दाता माता तिम्रै चरण पर्छु
संयमित भई बाँच्न सकुँ म तिम्रै शरण पर्छु
सत्य वचन सत्कर्मले सजाउछु मेरो संसार
मनमा आई बसिदेऊ अज्ञानता हरण गर्छु
सरस्वती माता यो जीवन तिमी मै वरण गर्छु।
✍️पद्मा रिजाल- बाँके
🙏पञ्चाङ्ग १४
सदा शरण पर्छु तिम्रो दिनु ज्ञान त्यो
सदा झुकेर सम्मान गर्दछु जान त्यो
छैन त्यो बिद्या समान ठूलो धन अरु
पुजिने लोकमा विद्वान कत्रो मान त्यो
धन होइन ठूलो त्याग्नु भए भान त्यो।
✍️निर्मला सुवेदी,जैमिनी-९,बागलुङ।।
🙏पञ्चाङ्ग १५
चाप्लुसीमा धूप बत्ती कहिल्यै बालिन माता
अनपढ भई मनका भाव फालिन माता
सरस्वतीको पूजा गर्छु सधैँ गरेँ आज नि
आवेगमा हिंस्रकका कदम चालिन माता
नास्तिक कार्य संस्कार बिर्सेर थालिन माता ।
✍️सविता के.सी., काठमाडौँ
🙏पञ्चाङ्ग १६
सरस्वती भगवती ज्ञानकी खानी तिमी
दृष्टि दिन्छ्याै बराबरी ज्ञानी अज्ञानी तिमी ।
द्वादश छन् नाम तिम्रा जयजय पुकार्छाैँ
जे जे नाम जपे पनि सबकी रानी तिमी ।
कृपा गर्छ्याै सबैमाथि असाध्यै दानी तिमी।
✍️चन्द्रावती अधिकारी , कोहलपुर
🙏पञ्चाङ्ग १७
विद्याकी देवी ज्ञान भरिदेऊ सरस्वती माता।
अज्ञानीलाई ज्ञान छरिदेऊ सरस्वती माता।
आज तिम्रो चरणमा परि पूजा गर्दैछु मैले,
अज्ञानताको खोली तरिदेऊ सरस्वती माता।
अज्ञानता विनास गरिदेऊ सरस्वती माता।
✍️ह्यारिस ह्यारिसन , काठमाडौं
🙏पञ्चाङ्ग १८
——————————————————
ज्ञानकी खानी विद्याकी देवी माता हौ नमस्कार
अँध्यारो हटोस् उज्यालो देउ ज्ञाता हौ नमस्कार
केही पनि छैन विद्या र बुद्धि म मूर्ख अज्ञानी
करोडौँ भित्र विद्वान बनुँ दाता हौ नमस्कार
भित्रै मनबाट म भक्ति गर्छु आमा हौ नमस्कार
——————————————————
✍️गुणनिधि घिमिरे पाँचथर मोरङ हाल अमेरिका
🙏पञ्चाङ्ग-१९
साेच्छाै हाेला नि बिर्सिएछु तिम्ले जस्तै मैले पनि
भ्रम्मा परेछाै तिमी सकेकाे छैन कहिले पनि
कस्काे हाे माया साँचाे अनि झुटाे जाेखाैं तराजुले
साँच्चै हाे भने त देखाउला मै तल जैले पनि
तिम्रो त यस्तो भए थ्याे हाेला याे भन्दा पैले पनि।
✍️रामराजा के.सी. फर्पिङ काठमाडौं
🙏पञ्चाङ्ग २०
विद्याकी देवी ज्ञानकी माता ।
पूजा सम्मान ध्यानकी माता ।
गाउँ समाज उज्ज्वल बन्छ ,
सबैले पुज्ने मानकी माता ।
अपार गुण गानकी माता ।
✍️आर्त अकुलीन, कैलाली