Tuesday 10th March 2026

६ जना स्रष्टाका खोरियाहरू



सहिद हाम्रा सपना
खाँचो छ पक्कै विपना
नबिर्से पक्कै सहिद
बन्छ मुलुक ।

हिजोको अन्धकार त्यो
सम्झदा मुटु काम्छ यो
अगाडि सरे सपना
फुल्न विपना

नेपाल आमा जहान
त्यागले भए महान
उनको भए सम्मान
खुल्छ बिहान

सम्झेर दुई मिनेट
पुग्दैन पक्कै बिवेक
एकता माला बनेर
आउँ जुटेर

-खगेन्द्र बस्याल
तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही

सहिद विशेष
खोरिया


एक सौ चार बर्षमा
भएनन् कोही हर्षमा
णाको चल्यो शासन
गरे दमन


राजा र प्रजा मिलेर
जनमा भरे चेतना
लडेछन् राणा बिरूद्ध
भएर क्रुद्ध


दिएछन् फाँसी राणाले
चार जना योद्धालाई
अमर बने सहिद
राष्ट्र खातिर


संघर्ष गरे देशमा
प्रजातन्त्रको स्थापना
अन्त्यमा जिते सत्यले
देशभक्तले


देशको निम्ति जसले
प्राणको गर्यो आहुति
कर्मठ सच्चा सहिद
मान्नेछौं रित

-सुरेश चन्द्र घिमिरे
दोर्दी ३
लमजुङ

सम्झनामा सँधै रातो
सहीद रगत तातो
बाँचेको म नि भागेर
छर्रा लागेर ।

सपना धेरै बाँडेको
अस्तित्व सबै छाडेको
शासन सबै भ्रष्ट भो
कथा प्रष्ट भो

नेता नै देश मालिक
सहिद रुन्छ सालिक
समृद्धि देश विकाश
गरौ निकास

नेताले गर्छु लौ भन्दैछन्
देशले खल्ती भर्दैछन्
कानै त्यो चिरीआएका
भ्रष्टै भएका ।

-जनार्दन अधिकारी धड्कन
चनपा १५,काठमाडौ ।

सहिद खोरिया


शहिद भए मरेर
देशको लागि भनेर
शहिदको सपनामा
खै के गरेर


नेतागिरी गर्दैछन
आफ्नैपेट भर्दैछन
भ्रष्टाचार गर्दैछन
देश लुट्दैछन्


सपुत मरे देशमा
स्वतन्त्र गरे शासन
पाउनु छैन रासन
मात्र भाषण


शहिदको नाम लिँदै
आफ्नै ढुकुटीमा भर्दै
देशको ढुकुटी सके
भाषण गर्दै

-उर्मिला पन्त पाण्डेय
ज्ञानेश्वर, काठमाण्डौँ

खोरिया


झुक्दै झुकेन शिर त्यो
बलिदान् दिए ज्यानको
अमर हाम्रा सहिद
राष्ट्र निमित्त


अगाडि बढ्दै गएर
ज्यानको आहुति दिएर
सच्चा देशका सपूत
हाम्रा सहिद

-सुधा बासकोटा ढकाल

खोरिया ४

सहिद पुर्खा सम्झेर
सम्मान दिन छोडेर
सम्झना दुखि दिबस
एक दिबस


आहुती दिए जीवन
छातिमा गोली साहान
आफन्त सबै भुलेर
देश सम्झेर


खुकुरी नाङ्गो लिएर
देशको सान सम्झेर
सहिद भए नेपाली
झण्डा उचालि


सहिद चार सम्झेर
सहिद गेट पुगेर
प्रभात फेरि गरियो
पर्ब सम्झियो

-यसोदा गिरि

नोटः सहिद सप्ताहको अवसरमा तीतोपाटी टिमलाइ प्राप्त उपरोक्त खोरियाहरू सोही समयमा प्रकाशन गर्न असमर्थ रहेकोले बाह्रै महिना बाह्रै काल सम्झनु पर्ने सहिदहरूलाइ विशेष एक दिन मात्र सम्झिएर अपमान गर्नु हुँदैन भन्ने सोचका साथ ढिलै पनि प्रकाशित गरिएको हो । -सम्पादक


सम्बन्धित शीर्षकहरु

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने १२औँ विश्व महाधिवेशन तथा नयाँ नेतृत्व चयनका…

प्रतिकृयाहरू
...