Sunday 5th April 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ८८ औं सहिद स्मृति विशेष काव्य श्रृङ्खला सम्पन्न


नारायण कोइराला – चन्द्रागिरि साहित्य प्रतिष्ठानको ८८ औं सहिद स्मृति विशेष काव्य श्रृङ्खला यहि २०७८ माघ १९ गते सम्पन्न भयो ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा,आदर्णिय सम्पूर्ण सहिदहरुको प्रमुख आतिथ्यमा,विशिष्ठ अतिथि डा,बम बहादूर थापा,गोविन्द घिमिरे,कलानिधि दाहाल,गंगा लिगल,ललिता दोषि ज्यूका विशिष्ट आतिथ्यतामा अनी सुधा बास्कोटा ढकाल ज्यूको अत्यन्त प्रभावशाली कुशल उद्घोषणमा ८८ औं सहिद स्मृति विशेष काव्य श्रृङ्खला २० जना बरिष्ठ साहित्यकारहरुको सहभागितामा सम्पन्न भयो ।आजको उपस्थित अन्य अतिथिहरूमा आर्त अकुलिन,पूर्ण पन्त,लक्ष्मी प्रसाद मिश्र,उर्मिला पन्त,शुरेश घिमिरे,वीर वहादुर लाहनी,बिनु बाबा घिमिरे,सीता घिमिरे,चन्द्रावती अधिकारी,कल्पना देवकोटा,हरि शर्मा पंगेनी,नवराज भट्ट,लगायत २० जना साहित्यकारहरूले आ(आफ्ना रचना कविता,खोरिया,डा,बम वहादुर थापाले सहिद यसो भन्थे भन्ने कविता सिउँदो खुर्कन दिन्न म भन्ने भाव बोकेको कविता सुनाउनु भयो ।

कलानिधि दाहालले सहिद हाम्रा धडकन हुन भन्नु हुँदै सहिदले जिउँदै मृत्यू साँच्दछन् भन्ने भवको कविदा सुनाउनु भो ।ललिता दोषि,गंगा लिगलले चन्द्रागिरिको नियमित कायक्र्रमले लोक प्रिय भएकोछ भन्दै शुभकामना व्यक्त गर्नु भयो ।

अन्त्यमा अध्यक्ष जनार्दन अधिकारी धड्कनले सभापतिको आशन साथै ९खोरिया पर्वतक०को हैसयतले खोरियाको सैदान्तिक पक्ष ४ लाइनको संम्रचना ८र८र८र५ २९ अक्षरमा लेखिने लोक छन्दको कविताको उपविधा खोरियाको चिनारी दिनु हुदै २ सहिद विशेष खोरिया र कविता सुनाउनु भयो । हरेक श्रृङ्खलामा अमूल्य समय दिएर यहाँहरु जोडिनु भएको छ यहाहरूको अमूल्य समय पाएर कार्यक्रमले निरन्तरता र लोक प्रियताको खुशी आयोजकलाइ थपिएको भन्नु हुदै सहिदहरुमा हार्दिक श्रद्धान्जली व्यक्त गर्दै सम्पूर्ण उपस्थित अतिथि साहित्यकारहरूमा हार्दिक कृतज्ञता,आभार व्यक्त गर्नु हुँदै समापनको घोषणा गर्नु भयो ।


सम्बन्धित शीर्षकहरु

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

प्रतिकृयाहरू
...