Thursday 15th October 2026

ब्राजिलमा भारी वर्षापछि आएको बाढी र पहिरोका कारण कम्तिमा २१ जनाको मृत्यु


ब्राजिलको साओ पाउलोमा भारी वर्षापछि आएको बाढी र पहिरोका कारण शुक्रबारदेखि सात बालबालिकासहित कम्तीमा
२१ जनाको मृत्यु भएको छ ।

राज्य सिभिल डिफेन्सले जारी गरेको विज्ञप्ति अनुसार करिब ६०० व्यक्तिहरू पनि विस्थापित भएका छन् ।अधिकारीहरूले प्रभाव परेका सहरका मेयरहरूलाई सहयोग गर्न अग्नि नियन्त्रकहरू, सैन्य प्रहरी र नागरिक सुरक्षाकर्मीहरूको कार्य समूह उद्दारमा खटिएको साओ पाउलोका गभर्नर जोओ डोरियालाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय मिडियामा समाचार प्रकाशित भएका छन्।

अन्तरसरकारी प्यानल फर क्लाइमेटका अनुसार, विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा भएको वृद्धि र वायुमण्डलको ओजोन तहको ह्रासका कारण दक्षिणी ब्राजिलमा सन् १९६० को दशकदेखि औसत वर्षाका साथै चरम वर्षाका कारण पटक पटक प्राकृतिक प्रकोपका घटनाहरू घटिरहेको बताइएको छ ।

साभारः CNN


सम्बन्धित शीर्षकहरु

युक्रेनसँग अमेरिकी निर्मित प्याट्रियट वायु रक्षा प्रणालीमा प्रयोग हुने मिसाइल लगभग सकिएको बताइएको छ। यसले रुसको ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न…

बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खानलाई अक्टोबर २८ भित्र भारत छाड्न मुम्बई प्रहरीले नोटिस दिएको छ। भारतीय…

युक्रेनले आफ्ना केही हतियार र ड्रोनहरूका लागि प्रयोग हुने स्टारलिङ्क इन्टरनेट सेवामा अचानक गति सीमा लगाइएपछि युद्धक्षेत्रका गतिविधि प्रभावित भएको…

प्रतिकृयाहरू
...