Friday 16th October 2026

कुवेतको एक अपार्टमेन्टमा भएको आगलागीमा दुई नेपाली महिला गम्भीर घाइते


तीतोपाटी – कुवेतमा नेपाली महिला कामदारहरू बसेको अपार्टमेन्टमा आगलागी भएको छ । फर्वानियास्थित ब्लक १ मा भएको आगलागीमा दुई जना गम्भीर घाइते भएका छन् ।

आगलागी हुँदा आरती भनिने भिम कुमारी खत्री र बिमली भनिने बिमला दर्जी गम्भीर घाइते भएका हुन् । आगलागीबाट कोठामा भएको सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने घटनामा ४ जनाले भागेर ज्यान जोगाउन सफल भएका छन् ।

शनिबार बिहान ७ बजे विद्युत सट भएर आगलागी भएको हो । आफ्ना महत्त्वपूर्ण सामान जोगाउन सकिन्छ कि भनेर पुनः फर्केर गएका ति दुई महिलालाई चारैतिर आगो र धुवाँले घेरेका कारण निस्किन नसकेपछि अन्तिम अवस्थामा अग्नि नियन्त्रकले उद्धार गरेका थिए ।

कुवेतस्थित नेपाली राजदूतावासका दित्तिय सचिव श्रीकृष्ण सिलवालले भने, ‘आगलागीका घाइतेको गम्भीर अवस्थामा आइसीयुमा उपचार भइरहेको छ । अरू जानकारी लिने र घाइतेहरूलाई उपचारलगायतका कानुनी प्रकृयामा सहयोग गर्ने काम दूतावासले गरिरहेको छ ।’


सम्बन्धित शीर्षकहरु

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

पूर्व–पश्चिम हिमाली पर्यटकीय राजमार्गको सम्भाव्यता अध्ययन सुरु, पहिलो चरणमा १५० किलोमिटर सडकको अध्ययन गरिने 8 काठमाडौं — नेपालको हिमाली क्षेत्रलाई…

यमनको दक्षिणी सहर अदेनस्थित राष्ट्रपति भवनमा हुथी समूहले मिसाइल आक्रमण गर्दा दुई सुरक्षाकर्मीको मृत्यु भएको छ भने धेरै जना घाइते…

प्रतिकृयाहरू
...