Friday 16th October 2026

उत्तर कोरियाले एक महिना भित्रमा साताैं पटक क्षेप्यास्त्र परिक्षण गर्यो


उत्तर कोरियाले फेरि अर्को क्षेप्यास्त्र परीक्षण गरेको छ । स्थानीय समयअनुसार आईतबार बिहान गरिएको सो परीक्षणलाई सन् २०१७ पछिकै सबैभन्दा ठूलो मानिएको छ । यो उसको यसै महिना गरिएको सातौं परीक्षण हो ।

दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषदले आइतबारको परीक्षण मध्यम श्रेणीको व्यालिस्टिक मिसाइल (आइआरबीएम) भएको जनाएको छ । जापान, दक्षिण कोरिया र अमेरिकाले पछिल्लो परीक्षणको निन्दा गरेका छन् ।

राष्ट्रसंघले उत्तर कोरियालाई व्यालिस्टिक र आणविक हतियार परीक्षण गर्न रोक लगाएको छ । तर, उत्तरले भने ती प्रतिबन्धको उल्लंघन गर्दै आएको छ । नेता किम जोङ उनले देशको रक्षा अवस्था सशक्त बनाउने प्रतिबद्धता जनाउँदै आएका छन् ।

सो मिसाइल २ हजार किलोमिटर उचाइमा पुगेको थियो । आठ सय किलोमिटरको दूरीमा ३० मिनेट उडेपछि मिसाइल जापानको समुद्रमा खसेको थियो । उत्तर कोरियाका बारम्बारका परीक्षणले राष्ट्रसंघको संकल्प प्रस्ताव उल्लंघन गरेको भन्दै राष्ट्रसंघले उत्तर कोरियालाई उत्तेजना रोक्न र वार्ता गर्न आह्वान गर्दै आएको छ तर उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र भन्दा पनि द्रुत गतिका हाइपरसोनिक क्षेप्यास्त्र समेत बनाएर परिक्षण गरिसकेको छ ।


सम्बन्धित शीर्षकहरु

युक्रेनसँग अमेरिकी निर्मित प्याट्रियट वायु रक्षा प्रणालीमा प्रयोग हुने मिसाइल लगभग सकिएको बताइएको छ। यसले रुसको ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न…

बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खानलाई अक्टोबर २८ भित्र भारत छाड्न मुम्बई प्रहरीले नोटिस दिएको छ। भारतीय…

युक्रेनले आफ्ना केही हतियार र ड्रोनहरूका लागि प्रयोग हुने स्टारलिङ्क इन्टरनेट सेवामा अचानक गति सीमा लगाइएपछि युद्धक्षेत्रका गतिविधि प्रभावित भएको…

प्रतिकृयाहरू
...