Friday 16th October 2026

राजदूत भण्डारीले इराकका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरे


तीतोपाटी – इराकका लागि गैरआवासीय नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले त्यहाँका राष्ट्रपति बर्हम सलीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । इराक कुवेतका लागि आवासीय राजदूत रहेका भण्डारीकै कार्यक्षेत्रमा पर्छ।

इराकको राजधानी बग्दादस्थित राष्ट्रपति भवनमा हालै आयोजित कार्यक्रममा राजदूत भण्डारीले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत भण्डारीले राष्ट्रपति सलीसँग शिष्टाचार भेट पनि गरे।

त्यस अवसरमा उनले नेपाली जनताका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले इराकी सरकार र जनताको सुख, शान्ति र समृद्धिको कामना गरिएको सन्देश सुनाए । उनले नेपाल र इराकबीच हार्दिक र मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्य रहेको बताए ।

प्रत्युत्तरमा इराकी राष्ट्रपति सलीले इराक पनि नेपालसँग अन्तर्राष्ट्रिय र क्षेत्रीय चासोका विषयमा सहकार्य गर्न इच्छुक रहेको बताए । त्यसैगरी राजनितिक, आर्थिकलगायत द्विपक्षीय हितका क्षेत्रमा पनि नेपालसँगख सहकार्य गर्ने चाहना रहेको राष्ट्रपति सलीले बताए ।


सम्बन्धित शीर्षकहरु

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

पूर्व–पश्चिम हिमाली पर्यटकीय राजमार्गको सम्भाव्यता अध्ययन सुरु, पहिलो चरणमा १५० किलोमिटर सडकको अध्ययन गरिने 8 काठमाडौं — नेपालको हिमाली क्षेत्रलाई…

यमनको दक्षिणी सहर अदेनस्थित राष्ट्रपति भवनमा हुथी समूहले मिसाइल आक्रमण गर्दा दुई सुरक्षाकर्मीको मृत्यु भएको छ भने धेरै जना घाइते…

प्रतिकृयाहरू
...