Friday 23rd January 2026

झ्याउरे छन्दमा कविता -गुणनिधि घिमिरे


डाँडाकाँडा पहाड , तराई र हिमाल
लेक बेँशी मैदान , हाम्रो देश नेपाल।।

चुलाचुली अप्ठ्यारा , उकाला र ओराला
भञ्ज्याङ र चौतारी , गाउँ फाँट भिराला ।२।

रातो लाली गुराँस , कोईली र मुनाल
बिश्व भरि सुन्दर , देश राम्रो नेपाल ।३।

मेची कोशी कर्णाली , सेती र महाकाली
गण्डकी र त्रीशुली , सप्तकोशी कैलाली ।४।

कञ्चनजङ्घा हिमाल , कुम्भकर्ण विशाल
अग्लो सगरमाथा , धौलागिरी मकालु ।।५।।

दक्षिणमा भारत , उत्तरमा हिमाल
बिश्व भरि सुन्दर ,देश हाम्रो नेपाल ।। ६ ।।

-गुणनिधि घिमिरे #पाँचथर #मोरंग


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

प्रतिकृयाहरू
...