Friday 26th September 2025

पोखराथोक साहित्य सङ्गमको २२ औं वार्षिक उत्सव समारोह सम्पन्न


नारायण कोइराला – पोखराथोक साहित्य संगम बगनासकाली-२,पोखराथोकको २२औ बार्षिक उत्सव तथा बाटिका बिमोचन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम संगमका अध्यक्ष हरि भट्टराईको अध्यक्षता भएको थियो भने प्रमुख अतिथीमा साहित्यकार त्रिलोचन ढकाल र बिशिस्ट अतिथी अग्रज साहित्यकार राजेन्द्र गोपाल सिंह हुनुहुन्थ्यो।

बिभिन्न्न सम्मानबाट निर्मल ढुङ्गना,युवराज पौडेल,आयाम कार्की,अग्नि राज न्यौपाने लगायत छ जनालाई सम्मानित गरिएको थियो।कमल भट्टराईको गीत र जनक कार्कीको कबिताले
कार्यक्रमको रौनक बढाएको थियो।कोषाध्यक्ष गोबिन्द खनालले आय-व्यय प्रस्तुत गर्नु भएको थियो भने प्रकाशित बाटिका भित्रका रचनाको गहन समिक्षा साहित्यकार राम ज्ञवालीले गर्नु भएको थियो।

दर्जनौ शुभचिन्तकले शुभकामना मन्तव्य दिएको उक्त कार्यक्रम संगमकी सचिब जानका नेपालले संचालन गर्नु भएको थियो।


सम्बन्धित शीर्षकहरु

लन्डन: प्रमुख पश्चिमी राष्ट्रहरूले प्यालेस्टाइन राज्यलाई आधिकारिक मान्यता दिएमा गाजामा युद्ध अन्त्य गर्न मद्दत पुग्न सक्छ र यो हमासको लागि…

अफगानिस्तानका एक १३ वर्षीय किशोर विमानको पाङ्ग्रा राख्ने ठाउँ (विमानको पाङ्ग्रा राख्ने ठाउँ) मा लुकेर काबुलबाट दिल्ली पुगेको एक अचम्मलाग्दो…

काठमाडौं: पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा रहेको नेपालको अन्तरिम सरकारले यस महिना भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा भएको हिंसाको छानबिन…

प्रतिकृयाहरू
...