Tuesday 7th April 2026

पोखराथोक साहित्य सङ्गमको २२ औं वार्षिक उत्सव समारोह सम्पन्न


नारायण कोइराला – पोखराथोक साहित्य संगम बगनासकाली-२,पोखराथोकको २२औ बार्षिक उत्सव तथा बाटिका बिमोचन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम संगमका अध्यक्ष हरि भट्टराईको अध्यक्षता भएको थियो भने प्रमुख अतिथीमा साहित्यकार त्रिलोचन ढकाल र बिशिस्ट अतिथी अग्रज साहित्यकार राजेन्द्र गोपाल सिंह हुनुहुन्थ्यो।

बिभिन्न्न सम्मानबाट निर्मल ढुङ्गना,युवराज पौडेल,आयाम कार्की,अग्नि राज न्यौपाने लगायत छ जनालाई सम्मानित गरिएको थियो।कमल भट्टराईको गीत र जनक कार्कीको कबिताले
कार्यक्रमको रौनक बढाएको थियो।कोषाध्यक्ष गोबिन्द खनालले आय-व्यय प्रस्तुत गर्नु भएको थियो भने प्रकाशित बाटिका भित्रका रचनाको गहन समिक्षा साहित्यकार राम ज्ञवालीले गर्नु भएको थियो।

दर्जनौ शुभचिन्तकले शुभकामना मन्तव्य दिएको उक्त कार्यक्रम संगमकी सचिब जानका नेपालले संचालन गर्नु भएको थियो।


सम्बन्धित शीर्षकहरु

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

प्रतिकृयाहरू
...