Friday 14th August 2026

स्रष्टा परिचयको साथमा एक रचना, भाग – ६


स्रष्टा परिचय

नाम : लव जोशी
जन्म मिति:२०११ असोज ३०
जन्म स्थान: तानसेन पाल्पा
हाल: सिनामंगल,काठमाडौं
आमा:सुन्दरी माया जोशी
बुबा :राम बहादुर जोशी
शिक्षा – एम. फिल ( त्री. बी)
पेशा: शिक्षण र प्रशासन( भूतपूर्व)
संलग्नता : शीत काव्य समाज नेपाल,
नेपाल लिँक नेटवर्क

प्रकाशित कृतिहरू
एस .एल.सी इंग्लिश पासपोर्ट- १९८६- ८८
एस एल सी इंग्लिश गेस पेपर- १९८८- ८९
विकलांग विद्यार्थी एक मनो – सामाजिक सर्वेक्षण- २०४०
A love – A Qualitative auto ethnographic research study 2017
निष्ठा – (शिक्षण जुक्ति, विधि र अनुभब) २०७६
पौरखी – कविता संगालो २०७७
आमाको सन्दुक- कथा संग्रह २०७७
समाजशास्त्रका चार विचारक २०७८

सम्मान तथा पुरस्कार

पुरस्कार / पदक / प्रसंशा – पत्र – १. श्री ५ बाट सेवा पदक, २०४१

रूपन्देही.जिल्ला शिक्षा समिति, २०४१ तथा राष्ट्रिय शिक्षा पुरस्कार,२०४४

रचना: लघुकथा
बलिदान
आमाछोरा सुखको जीवन बिताइरहेका थिए । आमाले छोराको बिहे पनि गर्ने सोचमा थिइन् । छोराको प्रेम एउटी नगरवधुसंग भयो । छोरा उनको प्रेमा लट्टू हुंदै गयो । बिहेको प्रस्ताव पनि राख्यो ।युवतिमा सक्दो धनदौलत लुटायो । नगरवधुले प्रेम परीक्षा लिन चाहिन् । प्रेमी राजी भए । प्रेमिकाले – “ मलाई माया गरेको हो भने तिम्री आमाको मुटु ल्याएर उपहार दिन सक्छौ ? “ भनी सोधिन् । प्रेमी क्षणभर घोरिएर बसे । केही बोलेनन् । जुरूक्क उठेर दौडेर घर पुगे । भान्साबाट धारिलो छुरी लिएर आमा छेउँ गए । आमा जिल्ल परिन् । “ आमा मलाई तपाईको मुटु चाहिन्छ, दिनुस् भन्यो ।” आमाले जीवन समर्पण गरिदिईन् । उसले आमाको छाति चिरेर मुटु निकाल्यो, हातमा लिई दौड्दै प्रेमिकोको घरतिर लागे । बाटोमा ठेस लागेर पछारियो । मुटु बोल्यो – “ बाबु तिमीलाई चोट त लागेन ? “ मुटु टिपेर उ नगरवधु कहाँ पुग्यो । यही हो मेरो “आमाको मुटु ” भन्दै दियो । प्रेमिकाले दुबै हातले प्रमीको दायाँबायाँ गालामा थप्पड हानिन् । भनिन् – “ तँ जन्म दिने आमाको हत्या गर्नसक्ने नराधाम होस् । तैले मलाई के बाँकी राख्लास् र ? ” भन्दै सेक्युरिटीलाई लखेट्न लगाइन् । को हुन् प्रेमी ? को हुन् प्रेमिका ? को हुन् आमा ?


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासन (NOAA) का अनुसार हाल विकसित भइरहेको ‘सुपर एल निनो’ सन् १९५० यताकै सबैभन्दा शक्तिशाली…

सरकारले निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा नियन्त्रण गर्न नयाँ मापदण्ड लागू गरेको छ। अब कुनै पनि कर्मचारीलाई विदेश…

जापानको चिबा प्रान्तमा रेकर्ड वर्षापछि आएको बाढी र पहिरोका कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ। लगातारको वर्षाले सडक, रेल…

प्रतिकृयाहरू
...