Sunday 16th November 2025

पत्रकार विश्वकर्माको उपचारमा लापरवाही गर्ने अस्पताललाई कारबाहीको माग


तितोपाटी- पत्रकारसँग सम्बन्धित विभिन्न सङ्घसङ्गठनले बिहीबार निधन भएका पत्रकार एलबी विश्वकर्माको उपचारमा लापरवाही गर्ने अस्पताललाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

श्रमजीवी पत्रकार सङ्घ नेपालले नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)मा उपचारका लागि पुर्‍याइएका पत्रकार विश्वकर्मालाई कोरोना परीक्षणबिना उपचार नहुने भनेर लापरवाही गर्दा मृत्यु भएको भन्दै सो अस्पताललाई कारबाहीको माग गरेको छ ।
सङ्घले विज्ञप्ति जारी गरी घटनाका दोषीउपर छानबिनसहित कडा कारबाही गर्नुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न अनुरोधसमेत गरेको छ ।
टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार विश्वकर्माको स्वास्थ्यमा अचानक समस्या देखिएपछि बुधबार राति सिभिलपछि ललितपुरस्थित पाटन अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा बिहीबार बिहान ३ः०० बजे निधन भएको थियो ।
२६ वर्षीय स्व विश्वकर्माका श्रीमती र तीन वर्षीय एक छोरा छन् । अछामको रामारोशन निवासी विश्वकर्मा पछिल्लो समय काठमाडौंमा रही पत्रकारितामा सक्रिय थिए । उनले इमेज टेलिभिजन, जनता टेलिभिजन, इकागज डटकमलगायतमा काम गरेका थिए ।
त्यसैगरी राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालले पत्रकार विश्वकर्माले सहज उपचार नपाउँदा निधन भएको जनाउँदै सो विषयमा तत्काल छानबिन गरी उपचारमा लापरवाही गर्ने अस्पताललाई कारबाही गर्नुपर्ने माग गरेको छ ।
समाजवादी प्रेस सङ्गठन नेपालले पनि विज्ञप्ति जारी गरी पत्रकार विश्वकर्माको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, ऊर्जाशील पत्रकार र समाजवादी प्रेस सङ्गठनले एक कर्मठ संस्थापक सदस्य गुमाएको जनाएको छ ।
नेपाल पत्रकार महासङ्घ एशोसिएट प्रदेश समितिले पनि पत्रकार विश्वकर्माको निधनप्रति दुःख व्यक्त गरेको छ । मृतक विश्वकर्माको बिहीबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कुवेतले आफ्नै संगठनका सदस्यहरूको दक्षता र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यसहित…

गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

इजरायलद्वारा नियन्त्रित क्षेत्र र हमासद्वारा नियन्त्रित अर्को क्षेत्र बीच गाजाको वास्तविक विभाजन हुने सम्भावना बढ्दो छ, धेरै स्रोतहरूले भनेका छन्,…

प्रतिकृयाहरू
...