Tuesday 7th April 2026

चार नारी सर्जकका खोरियाहरू


बुढ्यौली खोरिया

बुढ्यौली हुन्छ सजल
मानेमा सबै असल
शरीर गरौ जतन
उन्कै खटन।

खानामा हलुका पारौ
व्यायाम आराम गरौ
हुन्छ सहज बुढ्यौली
ध्यान गरौलि।

बुढ्यौली आयो डसेर
आँखाको ज्योति खसेर
हातखुट्टा नि गलेर
दिन ढलेर।

लक्ष्मी बस्याल बर्दिया

खोरिया …..

१ सारै जाडोको याम यो
बृद्धलाई भो गाह्रो यो
धेरै दुख समय भो
सारै दुः ख भो ।

२.
समय बदलिएको
कोरोना फेरी आएको
सबैलाई नै दुः ख छ
भोग्नु पर्दैछ ।

३.
समयलाई मिलाऔ
सुरक्षित भइ बाचौ
स्वस्थ जीवन लिएर
अघि बढेर ।

गंगा लिगल

बुढ्यौली खोरिया

बुढ्यौलीको यो अवस्था
प्रकृतिकै हो व्यवस्था
आत्तिनु हुन्न कहिल्यै
हाँसौ जहिल्यै !

शरिर निर्धो हुँदैछ
चिसोले धेरै छुँदैछ
ध्यान र योग गरेर
बसौँ रमेर!

सादा जीवन पद्धति
सरलता हो आखति
बुढ्यौली बनोस् उत्कृष्ट
नहोस कष्ट !

सुधा बासकोटा ढकाल
काठमाण्डु

जन्म पछि नै वृद्ध हो
यो स्वयम् सर्व सिद्ध हो।
लिनु र चिन्ता किन खै?
नलिनु न है!

चेतको दियो बालौँ न
बुढा र पाका पालौँ न
नमूना हामी बन्नु छ
माथि चढ्नु छ ।

गएसी फेरि पाइन्न
हामी नै पनि आइन्न
सबैले कुरो बुझौँ न
वृद्ध पुजौँ न

आउँछ बेला घुमेर
फर्कन्छ कहाँ उमेर
बुढा बा भारी नठानौँ
झिँजो नमानौँ

चन्द्रावती अधिकारी
कोलपुर


सम्बन्धित शीर्षकहरु

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

प्रतिकृयाहरू
...