Wednesday 14th October 2026

चार सर्जकका खोरियाहरू


खोरियाहरु

मोहको छैन आकार
बुढ्यौली खोज्छ आधार
सन्तान आँखा तर्दैछन्
पर सर्दैछन् ।

कमााएर साँच्दा साँच्दै
खर्च गर्न पाइन लौ
रोगले गाल्यो शरिर
बाँच्न भयो धौ ।

चाहेको खान देला को ?
पाउन्न काम ज्याला यो
बैंकमा पैसा राखिन
तिर्नु छ ऋण ।

जनार्दन अधिकारी धड्कन
चन्द्रागिरि १५,काठमाडौ

खोरिया ः-
१) जवानी हुँदा हिंडेथ्यौ
सृष्टिको भार बोकेर
स्वामित्व बुझ्ने बनायौ
भारी बिसायौ !!!
२) कम्पन हुन्छ बोलीमा
हृदय डग्छ तनमा
बृद्धको गरौं सत्कार
सेवा अपार !
३) बढ्यो सुगर प्रेसर
बाँच्नुछ औषधि भर
धेरै रोगको सिकार
लाग्छ धिक्कार !

सुरेश चन्द्र घिमिरे
लमजुङ

तीन खोरियाः

बुढा बाजे पात्तिएका
किन यसै मात्तिएका
देख्दा तरुनी लस्कर
हाँस्छन् मस्केर ।१

साहित्यमा लेख्ने पढ्ने
लौरो विना उतै लड्ने
कृति तिम्रा खातैखात
लाने हैन् साथ ।२

जवानी त गैसकिगो
आफैं बूढो भैसकियो
पाएको छु तिम्रो साथ
अरू छैन् आश ।३

दुर्गा अधिकारी भमरकोटे ।

बुढ्यौली खोरिया
१
बित्दैछ जूनी हाँसेर
पिरती चोखो गाँसेर
परिवारको मायामा
मीठो छायाँमा
२
पुगेछ माथि उमेर
फर्किन्न अव घुमेर
बिस्तारै पुग्छु सिरानी
बन्छु विरानी
३
बालकसंग खेल्दैछु
उमेर आफ्नो भुल्दैछु
आँगनी खेल्ने मैदान
छैन हैरान

केदारनाथ, फर्पिङ


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका…

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

प्रतिकृयाहरू
...