Wednesday 8th April 2026

कविता: सम्झौता -सोमनाथ लुइटेल “रवि पाल्पाली”


पलमा बलले गरिने कमान , सम्झेर आँसु झर्छ ,
पगमा कलश भरिने फगत , दिलासा दिई मर्छ।

जगमा जगाइ हसाइ भएछ , बेकार भयो अर्थ
नगमा गलाइ जमेको रछान , सुलभ बन्यो सर्त।

नजर चलेछ गजब भएर , दृश्यमा त्रुटी भयो,
कलेश बढेर आउँदा सहेर, तनाव बढि गयो।

मन्दिर धाउन नपर्ने गराउ,मस्तिष्क खाली रह्यो ,
गलती छुपाउ तिमीले अबत दिमाग बाँकी भयो

जलन सदैव बढने किनहो , ब्यापार खाइ दियो
दिपक निभेको जलेन कहिले,दिपकै बुझी गयो ।

सोमनाथ लुइटेल “रवि पाल्पाली”


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...