Friday 29th March 2024

टहल आचार्यको गजल संग्रह – ३३


गजल
सँधैभरी परालका हाली हात खुट्टाहरु ,
आकाश र धर्ती जोड्न खोज्छन् भुईँफुट्टाहरु ।

कोही चीन कोही भारत कोही अमेरीकातिर ,
देश बेची घर किन्ने लोभी स्वार्थी झुट्टाहरु ।

दया माया रित्तीएका जनताको भावनामा ,
कतै पनि नपलाउने डँडेलाका ठुटाहरु ।

सुवर्णको पिरामाथि आफ्नो आसन जमाएर ,
त्यो चौरासी ब्यञ्जन खाने स्वभावका ढुटाहरु ।

रङरोगन लगाएर टलक्क नै टल्काउने ,
धमिराले खाको काठमा कुँदी नया बुट्टाहरु ।

-टहल आचार्य


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...