Thursday 25th April 2024

तनहुँको बन्दीपुरमा जीप दुर्घटना हुँदा घटनास्थलमै ४ जनाको मृत्यु, ८ घाइते


तनहुँको बन्दीपुरमा शुक्रबार साँझ जिप पल्टिँदा चारजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन्। बाफेबाट धरमपानीतर्फ जाँदै गरेको ग १ ज ६५५५ नम्बरको बोलेरो जिप बन्दीपुर गाउँपालिका– ६ हटियाको सडकमा अनियन्त्रित भइ भीरबाट तल खसेको हो

दुर्घटनामा चारजनाको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा परि ज्यान गुमाउनेमा बन्दिपुर ६ धरमपानी बस्ने ९ महिने शिसु आरुबी थापासहित सोही ठाउँका २४ वर्षीय रोशन गुरुङ, ५३ वर्षीय हरिबहादुर न्यौपाने, ४८ वर्षीया सुशीलादेवी न्यौपाने छन्।

दुर्घटनाको खबर पाएलगत्तै प्रहरीको टोली घटनास्थल पुगेको, रातिको समयमा दुर्घटना भएकोले उद्धार गर्न केही समस्या भए पनि घाइतेहरूलाई उद्धार गरी तत्कालै बन्दीपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

इलाम क्षेत्र नम्बर- २ मा वैशाख १५ मा हुने उपनिर्वाचनका लागि प्रचार प्रसारको आज अन्तिम दिन रहेको छ । आज…

कतारका अमिर शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई दिने राजकीय भ्रमणका लागि हिजो दिउँसो काठमाडौं…

गर्मी मौसममा मानिसहरु राहत पाउन विभिन्न प्रकारका तरल पदार्थको सेवन गर्छन् । यसै सन्दर्भमा आज हामी तपाईलाई ५ प्रकारका जुसको…

प्रतिकृयाहरू
...