Saturday 13th June 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ८५ औं काव्य श्रृङ्खला पृथ्वी जयन्ती विशेष काव्य वाचन गरि सम्पन्न


चन्द्रागिरि साहित्य प्रतिष्ठानको ८५ औं काव्य श्रृङ्खला ३०० औं पृथ्वी जयन्ति विशेष कव्य सम्मेलन यहि २०७८ पुष २८ गते सम्पन्न भयो ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभाध्यप्तामा वरिष्ठ साहित्यकार डा.बम वहादुर थापा जितालीको प्रमुख आतिथ्य,कलानिधि दाहाल,गंगा लिगलको विशिष्ट आतिथ्यता अनी सिता पाण्डे अधिकारीको कुशल उद्घोषणमा ८५ औं पृथ्वी जयन्ति विशेष श्रृङ्खला २३ जना विशिष्ठ साहित्यकारहरूको सहभागितामा सम्पन्न भयो ।

८५ औं काव्य श्रृङ्खलाको विशेष उपस्थितिमा, दुर्गा भमरकोटे,पूणर् पन्त,विन्दू दाहाल,लक्ष्मी प्रसाद मिश्र,लक्ष्मी बस्याल,सुधा बास्कोटा ढकाल,शारदा आचार्य,बिनु बाबा घिमिरे,चन्द्रावती अधिकारी,द्वारिका कुइकेल,उर्मिला पन्त,जानुका थापा,पद्मावति रिजाल,सुजाता अधिकारी,विष्णु पादुका (अधिकारी)शिव खनाल,सिता विष्ट कार्की लगायत २३ जना साहित्यकारहरूले आ-आफ्ना पृथ्वी सम्वन्धी कविता,खोरिया,सुसेली आदि रचना प्रस्तुत गर्नु भइ सम्पन्न गरिएको थियो ।

प्रमुख अतिथि डा.बम वहादुरथापा जितालीले पृथ्वी जयन्ति विर्सियौं भने आफैलाइ विर्सेको ठहर्छ ।यो एकिकरण धर्तीमा स्वाभिमानी बाँच्ने आधार खडा भएकोछ ।परिस्थिती यसरी घुमेर आयो की पृथ्वीको भव्य कार्यक्रम राज्यले पनि गरेको पाइयो ।एकता दिवस भव्य भयो ।यो कार्यक्रम पनि छन्दको फुलवारि नै भयो भन्दै मन्दाक्रान्ता छन्दको कविता सुनाउनु भयो भने कलानिधि दाहाल तथा गंगा लिगलले चन्द्रागिरिको निरन्तर कार्यक्रमको प्रशंसा गर्दै शुभकामना व्यक्त गर्नु भयो ।

अन्त्यमा अध्यक्ष जनार्दन धड्कनले (खोरिया पर्वतक)को हैसयतले खोरियाको सैदान्तिक पक्ष ४ लाइनको संम्रचना ८/८/८/५ २९ अक्षरमा लेखिने लोक छन्दको कविताको उपविधा खोरियाको चिनारी दिनु हुँदै पृथ्वी विशेष शार्दूलिविक्रीडित छन्दको पृथ्वी विशेष कविता सुनाउनु भयो ।
हरेक श्रृङ्खलामा अमूल्य समय दिएर यहाँहरु जोडिनु भएकोले आयोजकलाइ उत्साह थपिएको ८५ औं श्रृङ्खला भव्यताका साथ सम्पन्न गर्न पाएको खुशी व्यक्त गर्नु हुदै प्रमुख आमन्त्रित लगायत सम्पूर्णमा हार्दिक कृतज्ञता,व्यक्त गर्नु हुँदै समापनको घोषणा गर्नु भयो ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गरिरहेका व्यावसायिक जहाजहरूलाई लक्षित गर्दै इरानले प्रक्षेपण गरेका भनिएका धेरै ड्रोन…

नेपालमा समस्या समाधानका लागि आयोग बनाउने र प्रतिवेदन तयार गर्ने काम धेरै हुन्छ, तर कार्यान्वयन भने दशकौँसम्म रोकिने गर्छ। जब…

कश्मिरमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारी र सुरक्षा बलबीच भएको झडपमा करिब १५ जनाको मृत्यु भएको प्रारम्भिक रिपोर्टहरूले जनाएका छन्। घटनापछि…

प्रतिकृयाहरू
...