Monday 17th November 2025

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ८५ औं काव्य श्रृङ्खला पृथ्वी जयन्ती विशेष काव्य वाचन गरि सम्पन्न


चन्द्रागिरि साहित्य प्रतिष्ठानको ८५ औं काव्य श्रृङ्खला ३०० औं पृथ्वी जयन्ति विशेष कव्य सम्मेलन यहि २०७८ पुष २८ गते सम्पन्न भयो ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभाध्यप्तामा वरिष्ठ साहित्यकार डा.बम वहादुर थापा जितालीको प्रमुख आतिथ्य,कलानिधि दाहाल,गंगा लिगलको विशिष्ट आतिथ्यता अनी सिता पाण्डे अधिकारीको कुशल उद्घोषणमा ८५ औं पृथ्वी जयन्ति विशेष श्रृङ्खला २३ जना विशिष्ठ साहित्यकारहरूको सहभागितामा सम्पन्न भयो ।

८५ औं काव्य श्रृङ्खलाको विशेष उपस्थितिमा, दुर्गा भमरकोटे,पूणर् पन्त,विन्दू दाहाल,लक्ष्मी प्रसाद मिश्र,लक्ष्मी बस्याल,सुधा बास्कोटा ढकाल,शारदा आचार्य,बिनु बाबा घिमिरे,चन्द्रावती अधिकारी,द्वारिका कुइकेल,उर्मिला पन्त,जानुका थापा,पद्मावति रिजाल,सुजाता अधिकारी,विष्णु पादुका (अधिकारी)शिव खनाल,सिता विष्ट कार्की लगायत २३ जना साहित्यकारहरूले आ-आफ्ना पृथ्वी सम्वन्धी कविता,खोरिया,सुसेली आदि रचना प्रस्तुत गर्नु भइ सम्पन्न गरिएको थियो ।

प्रमुख अतिथि डा.बम वहादुरथापा जितालीले पृथ्वी जयन्ति विर्सियौं भने आफैलाइ विर्सेको ठहर्छ ।यो एकिकरण धर्तीमा स्वाभिमानी बाँच्ने आधार खडा भएकोछ ।परिस्थिती यसरी घुमेर आयो की पृथ्वीको भव्य कार्यक्रम राज्यले पनि गरेको पाइयो ।एकता दिवस भव्य भयो ।यो कार्यक्रम पनि छन्दको फुलवारि नै भयो भन्दै मन्दाक्रान्ता छन्दको कविता सुनाउनु भयो भने कलानिधि दाहाल तथा गंगा लिगलले चन्द्रागिरिको निरन्तर कार्यक्रमको प्रशंसा गर्दै शुभकामना व्यक्त गर्नु भयो ।

अन्त्यमा अध्यक्ष जनार्दन धड्कनले (खोरिया पर्वतक)को हैसयतले खोरियाको सैदान्तिक पक्ष ४ लाइनको संम्रचना ८/८/८/५ २९ अक्षरमा लेखिने लोक छन्दको कविताको उपविधा खोरियाको चिनारी दिनु हुँदै पृथ्वी विशेष शार्दूलिविक्रीडित छन्दको पृथ्वी विशेष कविता सुनाउनु भयो ।
हरेक श्रृङ्खलामा अमूल्य समय दिएर यहाँहरु जोडिनु भएकोले आयोजकलाइ उत्साह थपिएको ८५ औं श्रृङ्खला भव्यताका साथ सम्पन्न गर्न पाएको खुशी व्यक्त गर्नु हुदै प्रमुख आमन्त्रित लगायत सम्पूर्णमा हार्दिक कृतज्ञता,व्यक्त गर्नु हुँदै समापनको घोषणा गर्नु भयो ।


सम्बन्धित शीर्षकहरु

कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ” भन्ने मूल नारासहित युवा शक्ति कुवेतको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको…

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कुवेतले आफ्नै संगठनका सदस्यहरूको दक्षता र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यसहित…

गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

प्रतिकृयाहरू
...