Thursday 25th April 2024

ज्ञान विज्ञान(कविता) -गुणनिधि घिमिरे


प्रसङ्ग-विकृति विसङ्गति
—————————————————–

मान्छे मान्छे भित्र राम्रो सद्भाव जगाउन
सत्यताको पक्ष लिउँ भेदभाव हटाउन ।१।

सत्यताले अज्ञानता चाँडै हट्दछ
अज्ञानता हटेपछि भेदभाव हट्दछ ।२।

भेदभाव हटाउन लाई सत्यताको खाँचो
सत्यतामा लागे पछि खुल्छ ज्ञानको साँचो ।३।

जब ज्ञान प्राप्त हुन्छ विज्ञान जन्मिने हो
विज्ञानले मान्छे साँच्चै मान्छे बनिने हो ।४।

ज्ञानी मान्छे सबै ठाउँमा पूजनीय हुन्छ
विशुद्ध ज्ञान प्राप्त भई सर्वमान्य बन्छ ।५।

भेदभाव हटाउनलाई सत्य बाटो खोजौँ
समानताको विगुल फूकी अशल बाटो रोजौँ ।६।

मान्छे मान्छे भित्र कति खिचातानी गर्नु
एकदिन ता हामी सबै पर्छ निश्चित मनु ।७।

जात पातमा छुवाछुत नहटाए सम्म
अज्ञानले थिची राख्छ हामीलाई टम्म ।८।

अन्धविश्वास कुरिती र कुसंस्कार त्यागौं
हामी सबै सत्यता र यथार्थमा लागौँ । ९।

रुढिवादी थोत्रा नियम सबै मास्नु पर्छ
सबै मान्छे स्वतन्त्र भै यहाँ बाँच्नु पर्छ ।१०।

मान्छेले नै मान्छेलाई कजाउने बानी
धेरै लामो टिक्ने छैन बुझी राख नानी ।११।

सबै सत्य बाटो लागौँ भेदभाव हट्छ
अज्ञानता नाश भई छुवाछुत घट्छ ।१२।

राम्रो हुन्न मान्छेले नै मान्छेलाई हेप्दा
घमण्डी र मुर्ख भई कुरितीलाई चेप्दा ।१३।

ज्ञान विज्ञान जन्माएर विभेद नष्ट पारौँ
दिमागबाट अज्ञानी यो विकृतिलाई मारौँ ।१४।

सुन्दर संसार सृष्टी हुन्छ विभेद नष्ट भए
पिछडिन्छौँ कुरितीमै हामी अल्झी रहे ।१५ ।

भेदभाव मुक्त समाज निर्माण गर्नलाई
विकृति र विसंगति हटाउँ दाजुभाई ।१६।

आमा बुवा दाजुभाई दिदीबहिनी लागौँ
सत्यताको बाटो समाई मुक्ति हुन जागौँ ।१७।

-गुणनिधि घिमिरे, पाँचथर, मोरङ
हाल :- अमेरिका


सम्बन्धित शीर्षकहरु

मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटना बढिरहेका छन् । ल्यान्सेटले यस रिपोर्टमा सन् २०२० मा प्रोस्टेट…

एएफपी-इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू भएमा यसले निर्दोष थप सर्वसाधारणको हताहत बढ्ने भन्दै…

सर्वोच्च अदालतले गौर हत्याकाण्डविरुद्ध कारण देखाऊ आदेश जारी गरेको हो । बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाऊ आदेश…

प्रतिकृयाहरू
...