Monday 21st July 2025

पञ्चाङ्ग साहित्य समाज पाठशालाको अभ्यास शृङ्खला :- तेह्र (१३)


“पाँच तत्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार ”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला
मिती :- २०७८/ ०९/ २७
………………………………………….
प्रशिक्षक:-
सोमनाथ लुइटेल रवि
नारायण प्रसाद निरौला

भाषा शुद्धीकरण सुझाव :-
सुशिला पौडेल
सविता के.सी.
चन्द्रावती अधिकारी

सङ्कलक :-
सोमनाथ लुइटेल
सविता के.सी.

सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.

======================
तेह्रौं श्रृङ्खलाको अभ्यासमा दिएको अनुप्रास र स्थायी राखेर १५ अक्षरमा पञ्चाङ्ग लेख्न हुन अनुरोध गरिएको थियो ।

अनुप्रास र स्थायी

छोकि दिए हुन्छ
झोँंकि दिए हुन्छ
ठोकि दिए हुन्छ
रोकि दिए हुन्छ
खोकि दिए हुन्छ
बोकि दिए हुन्छ
फोकि दिए हुन्छ
धोकि दिए हुन्छ
टोकि दिए हुन्छ
—————————–
पञ्चाङ्ग ०१

अन्याय गर्छ भने गोलि ठोकिदिए हुन्छ
भ्रष्टाचारीलाई आगोमा झोँकिदिए हुन्छ
यस्ता व्यक्ती हानिकारक छ समाजलाई
कसैले पनि देखेपछि टोकिदिए हुन्छ
कुकर्मी अत्याचारीलाई रोकिदिए हुन्छ ।

-सोमनाथ लुइटेल ” रवि पाल्पाली ”

पञ्चाङ्ग ०२

समपञ्चाङ्ग

सक्नेले चाहिँ नसक्नेको बोकिदिए हुन्छ
विद्यार्थीले बुझेर पाठ घोकिदिए हुन्छ
चरित्रवान नागरिक देशमा चाहिन्छ
मद्यपान र धुम्रपान रोकिदिए हुन्छ
बलात्कारीलाई त सिधै ठोकिदिए हुन्छ ।

रिसाहालाई हदैसम्म झोँकिदिए हुन्छ
सर्पलाई चलाउँदा ता टोकिदिए हुन्छ
पुर्याउने र गर्नेलाई धेरै साह्रो गाह्रो
बिनासिँत्ति पाएको जति धोकिदिए हुन्छ
यात्रीलाई ठाउँमा गाडी रोकिदिए हुन्छ ।

गुणनिधि घिमिरे #पाँचथर #मोरङ हाल अमेरिका

पञ्चाङ्ग ०३

अवसरवादीको बाटो रोकिदिए हुन्छ
भ्रष्टाचारीलाई त गोली ठोकिदिए हुन्छ
मरि जाने चोला हजुर गरी खानु छ
सक्ने जति जिम्मेवारी बोकिदिए हुन्छ
इशारा गर्न नमिलेमा खोकिदिए हुन्छ।

-निर्मला सुवेदी, बागलुङ।

पञ्चाङ्ग ०४


आमाबुबा भन्छन् नजाने ठोकिदिए हुन्छ
पढुन् पुस्तक अरु सबै रोकिदिए हुन्छ
कसरी निमोठिदिउ सप्तरंगी चाहना
सबैले त्यो मन् बिझ्ने गरी खोकिदिए हुन्छ
अर्थको के कुरा भो शब्द घोकिदिए हुन्छ।


जवाफदेहिता नभए खोकिदिए हुन्छ
अपराध गरे नी झण्डा बोकिदिए हुन्छ
जस्ले धेरै गाली गर्यो पर्पर् ताली उसैकोल
यस्ता नेतालाई त गोली ठोकिदिए हुन्छ
नसके देश डुब्यो भन्न छोडिदिए हुन्छ ।

पद्मा रिजाल
बाँके

-पद्ममा रिजाल , बाँके

पञ्चाङ्ग ०५

देश अहित विधेयक रोकिदिए हुन्छ,
जवरजस्ती गर्नेलाई ठोकिदिए हुन्छ।
अराजक र असमानता कति खप्ने हो।
घातक नेतालाई जेल कोचिदिए हुन्छ।
बिनसित्ति काँध हाली नबोकिदिए हुन्छ।।

~ नारायणप्रसाद निरौला, काठमाडौँ।

पञ्चाङ्ग ०६

कर्तव्य अनि जिम्मेवारी बोकी दिए हुन्छ ।
किन भन्छौ सित्तैमा पाए धोकी दिए हुन्छ ।
गाउँ समाजमा विकृती यसरी बढ्यो कि ,
अन्याय अत्याचार गर्ने रोकी दिए हुन्छ ।
यदी मानेन भने गोली ठोकी दिए हुन्छ ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग ०७

याद आउने बाटा ती सबै राेकिदिए हुन्छ
मस्तिष्कमा अब भाेटे ताल्चा ठाेकिदिए हुन्छ
व्यर्थ रहेछ मैले सम्झिएर रुनु तिम्लाई
हेलाँ र तिरस्कारकाे भारी बाेकिदिए हुन्छ
तिम्रो लागि अब मैले जिब्रो टाेकिदिए हुन्छ?

-रामराजा के. सी.,फर्पिङ, काठमाडौं

पञ्चाङ्ग ०८

पर बसि हेर्नेलाई खोकिदिए हुन्छ,
नभको कुरा लाउनेले बोकिदिए हुन्छ।
किनकि सत्य र यथार्थ नचाहिने रैछ,
यहाँ कुरै नबुझीकन झोँकिदिए हुन्छ,
यस्तो व्याबहार हामिले रोकिदिए हुन्छ।

-दुर्गा आचार्य , मोरङ

पञ्चाङ्ग ०९

देशलाई सम्झौताबाट रोकिदिए हुन्छ
अस्तित्वका लागि नियम तोकिदिए हुन्छ
हरेक प्रणालीमा सुधार ल्याउनु पर्छ
कहिल्यै नभन्नु नजानी बोकिदिए हुन्छ
विकृति विसङ्गति भए ठोकिदिए हुन्छ ।

-प्रेम थापा ,बागलुङ

पञ्चाङ्ग १०

कोरोनाको यो कहरमा खोकिदिए हुन्छ।
लापरवाही गर्ने लाइ ठोकिदिए ‌ हुन्छ।
सबैले माक्स लाउ सेनिटाइजर घसौ
आउने जाने सिमा नाका रोकिदिए हुन्छ।
सिमानामा प्रहरी लाइ तोकिदिए हुन्छ।

-लक्ष्मी बस्याल बर्दिया

पञ्चाङ्ग ११

देखावटी विकास नारा रोकिदिए हुन्छ
बजेट, भट्टीको रक्सी झैँ धोकिदिए हुन्छ
यस्तै हो देशको विकास, उस्तै राजनीति
भएन, हुन्न काम भनी टोकिदिए हुन्छ
मन चङ्गा, देख्नमा भारी बोकिदिए हुन्छ ।

-सविता के.सी. काठमाडौं

पञ्चाङ्ग १२

दुश्मनका पाईलाहरु राेकिदिए हुन्छ,
दशगजामा दह्रा किला ठाेकिदिए हुन्छ।
देशप्रेमी बन्न तिमी यदि चाहन्छाै भने
मेची काली गण्डकी काेशी घाेकिदिए हुन्छ।
चन्द्र सूर्य झन्डा शीरमा बाेकिदिए हुन्छ ।

-चन्द्रावती अधिकारी ,बाँके कोहलपुर

पञ्चाङ्ग १३

सिमाना मिच्न आए गाेली ठाेकिदिए हुन्छ,
बैरीलाई धराप थापी राेकिदिए हुन्छ।
भनेकाे मान्दैन र सीमाना नाघ्छ भने त
दुश्मन हो अरिङ्गालले झाेँकिदिए
हुन्छ।
गाेली सकिएमा जहर धाेकिदिए हुन्छ ।

-लक्ष्मी प्रसाद मिश्र ,लमजुङ


सम्बन्धित शीर्षकहरु

मानाडो - इन्डोनेसियाको सुलावेसी टापुबाट आइतबार सयौं मानिसहरू बोकेको एउटा यात्रुवाहक डुङ्गामा आगलागी हुँदा कम्तिमा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले…

तितोपाटी- नेपाली नारीहरूको महान पर्व  हरितालिका तीजको अवसर पारेर  पाल्पाली समाज युएईले अथिति कलाकारको साथमा भब्य रुपमा मनाउने भएको छ।…

तितोपाटी-नेपालले लगातार दोस्रो पटक आइसिसी विकास श्रेणी अवार्डअन्तर्गत डिजिटल फ्यान इनगेजमेन्ट अफ दि इयर जितेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद…

प्रतिकृयाहरू
...