Wednesday 14th October 2026

मनमति साहित्य समाजले मनमति प्रज्ञा जर्नल ८ औं अंक प्रकाशन गर्ने


मनमति साहित्य समाजले मनमति प्रज्ञा जर्नल ८ औं अंक प्रकाशन गर्ने भएको छ । मनमति साहित्य समाजको नयाँ निर्वाचित समितिको यहि २०७८ पुष २४ गते बसेको प्रथम बैठकले सो निर्णय गरेको हो ।

श्रीधर पौडेलको अध्यक्षतामा बसेकोमनमति साहित्य समाजको नव निर्वाचित समितिको प्रथम बैठक एवं रचना वाचन कार्यक्रममा आगामी चैत्र भित्र मनमति प्रज्ञा जर्नलको ८ औं अंक प्रकाशन गर्ने र त्यसको लागि कार्य समितिका सबैले कृयाशिल भइ रचना संकलन गर्न लाग्नु पर्नेमा जोड दिइएको छ ।

बैठक पछि शुरू भएको रचना वाचन कार्यक्रममा रचना प्रस्तुत गर्नेहरुमा चुडा निर्भिक,माधव विडारी,जनक रा अधिकारी,रिता खतिवडा,सुधा बास्कोटा,कविन्द्र तिमिल्सीना,सिता पाण्डे,दुर्गा अधिकारी रिमाल,जनार्दन अधिकारी धड्कन र श्रीधर पौडेलले आ-आफ्ना रचना कविता,मुक्तक,गजल र खोरिया प्रस्तुत गर्नु भएको थियो ।

अन्तमा श्रीधर पौडेलबाट धन्यवाद ज्ञापन गर्नु भइ कार्यक्रम समापन गर्नु भएको थियो ।


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका…

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

प्रतिकृयाहरू
...