Wednesday 11th March 2026

स्रष्टा परिचयको साथमा एक रचना, भाग – ४


लघुकथा सम्बद्ध परिचय

नाम ः डा.पुष्करराज भट्ट
जन्ममिति ः २०३२ असार ४ गते बुधवार
आमाबुवा ः राधिकादेवी भट्ट÷ स्व.गोपालदत्त भट्ट
जन्मस्थान ः दशरथ चन्द नगरपालिका ५, कुमाली (बैतडी)
शैक्षिक योग्यता ः नेपाली विषयमा एमए, एमफिल एवम् विद्यावारिधि
विद्यावारिधिको विषय ः नेपाली लघुकथामा युगचेतना (२०७३)
नेपाली लघुकथामा प्रथम दर्शनाचार्य (एम.फिल.), प्रथम विद्यावारिधि
स्थायी बसोबास ः धनगढी उपमहानगरपालिका ५, हसनपुर (कैलाली)

प्रकाशित लघुकथा पुस्तक ः
कर्मयोद्धा (२०५९)
मुत्तिदूत (२०६२)
एक थोपा सागरको (नेपाली र डोटेली भाषामा, २०६४)
आजका लघुकथा (संयुक्त लघुकथा, २०७२)
मन्त्री र मास्क (कोरोनाकालका लघुकथा, २०७८)

सम्पादित लघुकथा पुस्तक एवम् पत्रिका
नेपाली लघुकथा (लघुकथा समाजको मुखपत्र)
प्रज्ञा आधुनिक नेपाली लघुकथा (नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित पुस्तक)
नवप्रज्ञापन लघुकथा विशेषांक (साहित्यिक त्रैमासिक)
लघुकथाको सुगन्ध (लघुकथाको संयुक्त कृति)
वनिता लघुकथा विशेषांक
विनय कसजू ःलघुकथा सिर्जना र विवेचना

अनुवाद पुस्तक
घर फर्केका पाइला (हिन्दी लघुकथाकार डा. रामनिवास मानवको लघुकथा कृति रामनिवास मानवकी प्रतिनिधि लघुकथाएँको नेपाली अनुवाद कृति, २०७८)

लघुकथा सम्बद्ध प्राप्त सम्मान एवम् पुरस्कार
लघुकथा सम्मान (लघुकथा समाजबाट दुई पटक)
वनिता लघुकथा सम्मान
मनुमुक्त मानव लघुकथा गौरव सम्मान (हरियाणा, भारत)
मनुमुक्त मानव अन्तर्राष्ट्रिय लघुकथा सम्मान (हरियाणा, भारत)
नेपाल विद्याभुषण क लगायत तीन दर्जनभन्दा बढी पुरस्कार, सम्मान

संस्थागत सहभागिता
लघुकथा समाज कार्यसमिति सदस्य (वि.स. २०६९–२०७७)
आधुनिक नेपाली लघुकथा पेजको संस्थापक व्यवस्थापक (वि.स. २०७४ देखि)

पुरस्कार स्थापना
पद्मा–रामचन्द्र लघुकथा सम्मान (रु एक लाखको अक्षयकोष सहित, वि.स. २०७१ देखि प्रदान गरिँदै)
राधिका–गोपालदत्त अन्तराष्ट्रिय लघुकथा सम्मान (रु. एक लाख पचास हजारको अक्षयकोष सहित, वि.स. २०७८ देखि)

लघुकथा: बलात्कारी बाबु
डा.पुष्करराज भट्ट

“तपाईँमाथि गम्भीर आरोप छ, आफ्नै छोरीमाथि बलात्कार गरेको । यस बारेमा तपाईँको भनाइ के छ ?” अनुसन्धान अधिकृतले कडा रुपमा प्रस्तुत हुँदै भने ।
“होइन हजुर । म यस्तो अपराध किन गरुँला ? मलाई फसाइएको हो । मैले बीस वर्ष अघि गरेको अपराधको सजाय आज आएर भोग्दैछु ।” उसले निरिह भावमा भन्यो ।
“बीस वर्ष अघि त्यस्तो के अपराध गर्नुभएको थियो ?”
“घरमा श्रीमती, दुई छोराछोरी हुँदाहुँदै एक विवाहित महिलासँग लागेँ । समाजमा नराम्रो हल्ला फैलिएपछि मैले उसलाई श्रीमतीको रुपमा भित्रयाउन बाध्य भएँ ।” ऊ आफ्नो पूर्व इतिहास बताउन थाल्यो ।
“अनि के भयो त ?”
“त्यो धेरै महत्वाकांक्षी महिला थिई । उसले गरीब भएकै कारण आफ्नो लोग्नेलाई धोका दिई अनि अहिले मलाई ।”
“कसरी ?”
“उसले मसँग दस लाख मागेकी थिई । मैले यति ठूलो रकम दिन नसक्ने बताएँ । ऊ दुई वर्ष अघि मबाट अलग भइसकेकी थिई । मैले उसलाई अलग अंश पनि दिएको थिएँ तर आज ममाथि यस्तो कलंकको टिका लगाइदिएकी छ कि ….अब के भनुँ ।” ऊ रुन थाल्यो ।
“अब पुरा जाँच हुँदासम्म तपाईँ कतै जान पाउनुहुन्न । हामी अनुसन्धानकै क्रममा छौं ।” अनुसन्धान अधिकृतले भने ।
स्वास्थ्य लगायत अन्य जाँचपछि ऊ निर्दोष साबित भइसकेको थियो । अदालतले उसलाई सफाइ दिएर रिहा गर्यो ।
समाजमा मानिस अझै उसलाई भन्ने गर्छन, “बलात्कारी बाबु ।”


सम्बन्धित शीर्षकहरु

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

प्रतिकृयाहरू
...