Friday 11th September 2026

कतारले नेपाल सहित ५७ देशलाइ रातो सूचीमा राख्यो


तीतोपाटी, काठमाडौं – कोरोना र यसको नयाँ भेरिएन्ट ओमिक्रोनका संक्रमितको संख्या बढे पछि कतारले नेपाल सहित ५७ देशलाइ रातो सूचीमा राखेको छ ।

कतारको जनस्वास्थ्य मन्त्रालयले नेपाल लगायत भारत, इजिप्ट, बंगलादेश, बोत्सवाना, लेसोथो, नामिबिया, पाकिस्तान र जिम्बाब्वेलाइ असाधारण रातो सूचीमा राखेको छ ।

त्यसै गरि टर्की, बेलायत र संयुक्त राज्य अमेरिका पनि हरियो सूचीबाट रातो सूचीमा परेको खरबटाइम्सले जनाएको छ ।
कतार भित्रिने यात्रुहरूका लागि परिवर्तित सुची अनुसारको कोरोना नियन्त्रण मापदण्ड जनवरी ८, शनिवार वेलुकी ७ वजेबाट लागू हुनेछ ।
रातो सूचीमा सूचीकृत देशहरूबाट कतार जाने यात्रुहरूले कतार पुग्नुभन्दा ७२ घण्टा अघि पीसीआर परीक्षण गर्नु पर्नेछ । उनीहरूले कतार पुगेपछि २ दिनसम्म होटल क्वारेन्टिनमा बस्नु पर्ने छ ।

कोरोना बिरूद्वको खोप नलगाएका यात्रुहरूले कतारमा जान पाउने छैनन् ।


सम्बन्धित शीर्षकहरु

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको ९/११ आतंकवादी हमलाले विश्व सुरक्षा नीतिमा ठूलो परिवर्तन ल्यायो। करिब ३ हजार मानिसको…

प्रतिकृयाहरू
...