Thursday 28th March 2024

दिल्ली पछि कर्नाटकमा पनि सप्ताहन्तका २ दिन कर्फ्यू


भारतको राजधानी शहर दिल्लीमा सप्ताहन्तका २ दिन कर्फ्यू लगाउने निर्णय गरिएसँगै दक्षिणी राज्य कर्नाटकमा पनि सप्ताहान्तमा कर्फ्यू लगाइने भएको छ । कोभिड सङ्क्रमितको सङ्ख्या बढेसँगै कर्नाटकमा सप्ताहान्तमा कर्फ्यू घोषणा गरिएको हो ।

कर्नाटकमा मंगलबार एकै दिन दुई हजार ५३ जनामा सङ्क्रमण देखिएको थियो । तीमध्ये १४९ जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको थियो । कर्फ्यू शुक्रबार राति ११ बजेदेखि सोमबार बिहान ५ बजेसम्म जारी हुनेछ । कर्नाटकमा अहिले पनि रात्रिकालीन कर्फ्यू भने यथावत् नै छ ।

कर्फ्यूको समयमा सार्वजनिक यातायात, होटललगायत अत्यावश्यक सेवा भने सञ्चालन हुने कर्नाटक सरकारले जनाएको छ । यसअघि उत्तर प्रदेश र राजधानी दिल्लीमा पनि रात्रिकालीन कर्फ्यू लगाइएको थियो । तर, सङ्क्रमण झन् बढेपछि मंगलबार दिल्ली सरकारले सप्ताहान्तमा कर्फ्यू लगाइने घोषणा गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...