“पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला
मिती :- २०७८/ ०९/ २०
………………………………………….
प्रशिक्षक:-
सोमनाथ लुइटेल रवि
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
सुशिला पौडेल
सविता के.सी.
चन्द्रावती अधिकारी
सङ्कलक :-
सोमनाथ लुइटेल
सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
======================
बाह्राैं श्रुङ्खलाको अभ्यासमा दिएको अनुप्रास र स्थायी राखेर १६ अक्षरमा पञ्चाङ्ग लेख्न हुन अनुरोध गर्दछौँ।
अनुप्रास र स्थायी
हरेको राम्रो ,परेको राम्रो,झरेको राम्रो ,मरेको राम्रो ,गरेको राम्रो ,तरेको राम्रो,छरेको राम्रो ,चरेको राम्रो ,धरेको राम्रो
—————————–
पञ्चाङ्ग ०१
मानव भएसि अर्काको दु:ख हरेको राम्रो
सहयोग गर्न आत्मैले तल झरेको राम्रो
हे ! पुँजीवादी गरिदेउ निर्धन गरिबलाई
दु:खिको लागि अनुभुती सधैँ धरेको राम्रो
गरिब गुरुवाको लागि काम गरेको राम्रो ।
-सोमनाथ लुइटेल “रवि पाल्पाली”
पञ्चाङ्ग ०२
दुखी र गरिबको उपकार गरेको राम्रो,
लिप्सा, लोभ र मोहबाट पर सरेको राम्रो।
दुई दिनको चोला कसलाई पो थाहा होला,
त्यसैले समयमै उद्दीपित छरेको राम्रो।
त्यही दीप्तिले समाजको दु:ख हरेको राम्रो।।
-नारायणप्रसाद निरौला काठमाडौं
पञ्चाङ्ग ०३
मेरो शिर सगरमाथा हिउँ परेको राम्रो
चाँप,गुराँस फुलेर सुवास छरेेको राम्रो
यसै छु राम्रो ,उसै छु राम्रो म परेँ नेपाली
छु स्वाभिमानी सहयोगी कर्म गरेको राम्रो
पूर्वबाट हेर सूर्यले लाली भरेको राम्रो
-पुष्पा नेपाल (सुवेदी ) इलाम
पञ्चाङ्ग ०४
कुण्ठित भई बस्नुभन्दा आँसु झरेको राम्रो
दोधारमा नबस्नु, गन्तव्यमा सरेको राम्रो
पाइलाहरू लरबराउँछन्, होसमा हिँड्नु
गर्नैपर्छ यात्रा, नदी झरना तरेको राम्रो
स्वच्छ रहनु, दलदलमा नपरेको राम्रो
-सविता के.सी., काठमाडौँ ।
पञ्चाङ्ग ०५
असाह्य र गरीबको उद्दार गरेको राम्रो
लोभ ,लालचबाट आफू पर सरेको राम्रो
आखिर दुई दिने चोला हाम्रो कति बाँचिन्छ,
बाँचुन्जेल अमर कृतिहरु छरेको राम्रो
समाजका सबै बिकृतीहरु हरेको राम्रो ।
-दुर्गा भट्टराई ,मोरङ
पञ्चाङ्ग ०६
हिम्मत नहारी अब अगाडि सरेको राम्रो
पीडितलाई साथ सहयोग गरेको राम्रो
धनले के गर्नु मर्दा साथमा लिई जाँदैन
दीन दु:खीहरुको दु:ख पीडा हरेको राम्रो
सबको मुहारमा खुसीयाली छरेको राम्रो
-चेतना पोखरेल, मोरङ्ग
पञ्चाङ्ग ०७
सुन्दर काम बन्छ भने ,माया भरेको राम्रो
सचेतनाका लागि अझ शिक्षा छरेको राम्रो
सानो कुरामा तेरो , मेरो केलाई गर्नु हुन्छ
जीवनकालमा उपकार नै गरेको राम्रो
साहस अनि हिम्मतले अघि सरेको राम्रो ।
-प्रेम बहादुर थापा , बाग्लुङ
पन्ञ्चाङ्ग ०८
अशक्त अपाङ्गमा माया भरेको भए हुने
तिनीहरुको राम्रो उदार गरेको भए हुने
परोपकार भन्दा त ठूलाे धर्म छैन अर्को
ममता स्नेह मन देखि छरेको भए हुने
यस्तो दशा सङ्कट पनि टरेकाे भए हुने ।
-तारा घिमिरे, संखुवासभा
पञ्चाङ्ग ०९
देवता झैँ आमा बुबाको सेवा गरेको राम्रो,
आफ्नो लागि गरेको दु:ख पिर हरेको राम्रो।
नदाज्नु पैसामा किन्न पाईदैन आमा, बुवा,
मायाले आफ्नो छेवैमा नजिक सरेको राम्रो,
खुसी पार्न गरिबलाई सेवा छरेको राम्रो।
-दुर्गा आचार्य ,मोरङ
पञ्चाङ्ग १०
किसानहरू खेती पाती धेरै गरेको राम्रो।
गुणस्तरीय बिउविजन नै छरेको राम्रो।
जति धन कमाए पनि खाने अन्नपात हो
लटरम्म बाला झुलेर अन्न परेको राम्रो।
धनसारमा जतन गरेर धरेको राम्रो।
-लक्ष्मी बस्याल ,बर्दिया
पञ्चाङ्ग ११
देशका भ्रष्टाचारीहरु सबै मरेको राम्रो
पापीहरू कालकोठरी सबै परेको राम्रो
जनताको रगत चुस्ने जुकाहरूलाई त
अझ सार्वजनिक बेईज्जती गरेको राम्रो
ज्यानको छालाकाडी नुन चुक छरेको राम्रो।
-केशव न्यौपाने, नुवाकोट
पञ्चाङ्ग १२
जाडाेभरि नै तिमी पनि बेसी झरेकाे राम्राे
गर्मी लागेपछि फेरि हिमाल सरेकाे राम्राे।
माैका हेरीहेरी काम गर्नु बुद्धिमानी हाेला
उर्लँदाे भेलमा खाेलापारि नतरेकाे राम्राे
सुमार्ग छाेडी भाग्यकाे भर नपरेकाे राम्राे।
-चन्द्रावती अधिकारी ,बाँके कोहलपुर
पञ्चाङ्ग १३
दु:ख सुख जिन्दगीमा आखिर गरेको राम्रो ।
यो जीवन यात्रा पढेको भन्दा परेको राम्रो ।
सबैले बुझ माटोको माया मुटुमा साँचेर ,
फूलबारी बिच मिठो सुवास छरेको राम्रो ।
बुझेर जनले देशको लागि मरेको राम्रो ।
– आर्त अकुलीन, कैलाली
पञ्चाङ्ग १४
किरा लागेर फल नफल्नुभन्दा फूल झरेको राम्रो
जाडोमा घाम नलाग्नुभन्दा बरु पानी परेको राम्रो
प्रकृतिलाई मात्र के दोष दिइराख्नु खै सधैं
माटो भिजाउन त ट्यांकरको ब्यबस्था गरेको
बांझो जग्गा छोडेर मलिलो जग्गा किनी सरेको राम्रो ।
रचना प्रतीक्षा , ललितपुर ।
#पञ्चाङ्ग १५
लाग्न थाल्यो केश सेतै भएर फूल्नु भन्दा झरेकै राम्रो
बुढो भएँ भन्दै काम नगरी बस्नु भन्दा गरेकै राम्रो
सबै नेता हौँ भनेर माखो नमारी कुर्लिएका छन् यहाँ
देशको लागि केहि नगरी बाँच्ने नेता त मरेकै राम्रो
हिउँदे पानी परेर जाडो मात्र हुन्छ नपरेकै राम्रो
— गुणनिधि घिमिरे #पाँचथर #मोरङ