Wednesday 14th October 2026

कविता:- सम्झनामा छल्केको आँखा -जनार्दन अधिकारी ‘धड्कन’


कालो शोक बदल्न खोज्छु बलले,यो शक्ति बेकार भो ।
छाँया मात्र अँगाल्छ दृष्य भ्रमले,बोलेर के सार भो ।।
सम्झी घुक्क बनेर रुन्छ दिलनै,चस्किन्छ छाती अनि ।
मूना ट्रष्ट सँगै दिदी मनभरी,छल्किन्छ आँखा पनि ।।

पोखी भित्र मिठास भोक भरिलो,खाएर मोही मकै ।
आशै आश अनन्त प्रेम रसिलो,घुल्दैछ सम्झी कतै ।।
यो संसार बेकार लाग्छ कहिले,माया निराशा खनी ।
मूना ट्रष्ट सँगै दिदी मनभरी,छल्किन्छ आँखा पनि ।।

वित्दै आउँछ साल फेर्छ ऋतुले,वर्षा र बाढी सँगै ।
सम्झी तृप्त हुँदैन लौ रहर यो,बाल्दैछ आगो अझै ।।
कस्तो प्रेम अनन्त सम्म रहने,आगो बलेको छ नि ।
मूना ट्रष्ट सँगै दिदी मनभरी,छल्किन्छ आँखा पनि ।।

भैंसी गोठ कुँडो पकाउन अझै,आएन कोही सरी ।
पानी लाउन धान खेत विरुवा,तड्पीन्छ कान्ला भरी ।।
सोध्छन् वाल सखा म भेट्छु जहिले,मूना कहाँ छन् भनी ।
मूना ट्रष्ट सँगै दिदी मनभरी,छल्किन्छ आँखा पनि ।।

छोरी छन् त विदेश पंकज उतै,अष्ट्रेलियामा सबै ।
छोरा पारस छन् उतै सब यता,विर्से कि ?लाग्ने कतै ।
सम्झी झट्ट म पस्छु लौ भवनमा,तस्वीर एक्लो छ नि ।
मूना ट्रष्ट सँगै दिदी मनभरी,छल्किन्छ आँखा पनि ।।

-जनार्दन अधिकारी ‘धड्कन’


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका…

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

प्रतिकृयाहरू
...