Wednesday 14th October 2026

टहल आचार्यको गजल संग्रह – ३२


बाढी पैह्रो चलाउने अमेरिकी भेल हजुर ।
नरोजौँ न एमसिसी डलरको खेल हजुर ।

ठूला माछाहरुले ती साना माछा सिद्ध्याउने ,
दुस्मनको शान शैली कपट जाल झेल हजुर ।

नाफा अनि कमिशन लोभ लालचामा परी ,
नीति कानुन संविधान गराएर फेल हजुर ।

नेपालीको पहिचान देश भक्ती राष्ट्रियता ,
सार्वभौम स्वतन्त्रता कैद गर्ने जेल हजुर ।

रम ह्वि्की ब्राण्डी र पिजा बर्गर खानलाई ,
बिर्सिएर घिऊ मह ढिँडो खोले सेल हजुर ।

टहल आचार्य
२०७८/०९/२१


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका…

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

प्रतिकृयाहरू
...