Thursday 13th November 2025

सर्लाहीमा मोटर साइकल दुर्घटनामा एकै गाउँका ३ जनाको मृत्यु


तीतोपाटी – सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परि एकै गाउँका तीन जनाको ज्यान गएको छ। सर्लाहीको बयलबास भक्तिपुर सडक खण्डको सागरनाथ जङ्गलमा बा १९ प ७१९७ नम्बरको मोटरसाइकल सपेताको रुखमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सबार तीनै जनाको घटना स्थलमै ज्यान गएको हो।

दुर्घटनामा सर्लाही इश्वरपुर नगरपालिका १० दसबिघा बस्ने वर्ष २२ का अरुण सिह, वर्ष २० का श्रम बिक र वर्ष २२ का रोहन सिहको घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको समय र कारण खुल्न नसकेपनि मादक प्रदार्थ सेवन अथवा बाक्लो हुस्सुले मोटरसाइकल अनियन्त्रित भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । मृतक तीनैजनाको शव जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...