Saturday 14th March 2026

दुईजना नक्कली परीक्षार्थी पक्राउ


तीताेपाटीः अर्काको नाममा परीक्षा दिंदै गरेका २ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।  पौष १७ गते सशस्त्र प्रहरी बलमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षा भएको थियो। उक्त परीक्षामा संलग्न २ जना नक्कली परीक्षार्थी पक्राउ परेका सशस्त्र प्रहरी बलले जनाएको छ।

पक्राउ पर्नेमा बाग्लुङको ढोरपाटन नगरपालिका ६ बस्ने १८ वर्षीय निलकुमार अदै र धनकुटा जिल्लाको सहिदभूमी गाउँपालिका ५ बस्ने २७ वर्षीय सौहार्द राई रहेका छन्।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी पोखराबाट दरखास्त फाराम बुझाएका दर्ता नम्बर ३१७१५ का सुनिल पुन मगरको स्थानमा अदै र सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बाहिनी पकलीबाट दरखास्त फाराम बुझाएका दर्ता नम्बर १४४२० का योगेन्द्र राईको स्थानमा नक्कली उम्मेदवार बनी सौहार्द राईले परीक्षा दिने प्रयास गरेका थिए।

हालै प्रकाशित विज्ञापन अनुसार खुल्ला प्रतियोगितद्वारा पदपुर्ती गरिने साधारण समुह साधारण उपसमुहतर्फ सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षामा सशस्त्र प्रहरी बलको तर्फबाट ‘थम्ब रिडर बायोमेटिक डिभाईस’ प्रयोग गरी  परीक्षार्थीको एकिन गर्ने क्रममा नक्कली परीक्षार्थी प्रमाणित भएका हुन्।

पक्राउ परेका दुबै जनालाई आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीलाई बुझाइएको छ ।

-साभारः अन्नपुर्ण पाेष्ट


सम्बन्धित शीर्षकहरु

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

इजरायली सेनाले लेबनानको लिटानी नदीमाथिको जरारीह पुलमा प्रहार गरेको बताएको छ किनभने यो हिज्बुल्लाहले प्रयोग गर्ने प्रमुख क्रसिङ थियो, यसले…

प्रतिकृयाहरू
...