Friday 16th October 2026

वर्ष २०२१ मा विश्वभरबाट ४५ जना पत्रकारको हत्या


वर्ष २०२१ मा विश्वभर ४५ जना पत्रकार तथा मिडियाकर्मीहरू मारिएका छन् । विश्वका पत्रकारहरूको ठूलो संस्था अन्तर्राष्ट्रिय पत्रकार महासंघले यस्तो तथ्यांक शुक्रबार सार्वजनिक गरेको हो । उक्त तथ्यांक ३० वर्षयता वर्षभरी सबैभन्दा कम मृत्युको आंकडा हो । महासंघले कामको शिलशिलामा मारिएका पत्रकारहरूको तथ्यांक १९९१ देखि वार्षिक प्रतिवेदन मार्फत् प्रकाशन गर्दैआएको छ ।

सन् २०२० मा भने मारिने पत्रकारको संख्या ६५ थियो । जवकि २०२१ मा २० देशका ४५ पत्रकार कामको शिलशिलामा मारिएका हुन् । भ्रष्टाचार, अनियमितता, शक्ति दुरुपयोग विरुद्ध लेख्ने क्रममा मारिएका पत्रकारहरूको सूची महासंघले सार्वजनिक गरेको हो ।

महासंघका महासचिव एन्थोनी बेलेन्जरले मारिएका पत्रकारहरूप्रति श्रद्धाञ्जली प्रकट गर्दै दु:ख व्यक्त गरेका छन् । साथै न्यायका लागि प्रयास गर्नु नै उनीहरूले दिएको जीवनप्रति श्रद्धाञ्जली प्रकट हुने महासचिव बेलेन्जरको भनाइ छ ।

अन्तर्राष्ट्रिय मत्रकार महासंघलाई विश्वका ६ लाख पत्रकारहरूको प्रतिनिधिमुलक संस्थाको रुपमा मानिन्छ । महासंघका अनुसार मारिएका ४५ जनामध्ये ३३ जनामाथि प्रत्यक्ष आक्रमण भएको थियो । ९ जना अफगानिस्तानमा मारिएका थिए । ४ जना भारतमा र ३ जना पाकिस्तानमा मारिएको महासंघको तथ्यांकमा उल्लेख छ । महासंघका अनुसार सन् १९९१ यता विश्वभर जम्मा २ हजार ७ सय २१ पत्रकार मारिएका छन् ।


सम्बन्धित शीर्षकहरु

युक्रेनसँग अमेरिकी निर्मित प्याट्रियट वायु रक्षा प्रणालीमा प्रयोग हुने मिसाइल लगभग सकिएको बताइएको छ। यसले रुसको ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न…

बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खानलाई अक्टोबर २८ भित्र भारत छाड्न मुम्बई प्रहरीले नोटिस दिएको छ। भारतीय…

युक्रेनले आफ्ना केही हतियार र ड्रोनहरूका लागि प्रयोग हुने स्टारलिङ्क इन्टरनेट सेवामा अचानक गति सीमा लगाइएपछि युद्धक्षेत्रका गतिविधि प्रभावित भएको…

प्रतिकृयाहरू
...