Wednesday 2nd September 2026

नेपाली प्रवासी ट्याक्सी व्यावसायी संघ कुवेतले संस्था सम्मान गर्यो


तीतोपाटी – नेपाली प्रवासी ट्याक्सी व्यावसायी संघ कुवेतले संस्था सम्मान गरेको छ । संघले विश्वव्यापी महामारी कोरोनाको कारण गत वर्ष मार्च महिनादेखि जुलाइ महिनासम्म भएको लकडाउनमा मानविय सेवाका कार्य गरेको भन्दै कुवेतका विभिन्न ३ संस्थालाइ सम्मान गरेको हो ।
सम्मानित हुने संस्थाहरूमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेत, श्रमिक सञ्जाल कुवेत र सन्धिगान कुवेत रहेका छन् ।

सो सम्मान कार्यक्रम नेपाली प्रवासी ट्याक्सी व्यावसायी संघ कुवेतको पाँचौ वार्षिक उत्सव तथा तेश्रो अधिवेशनको अवसरमा हिजो प्रदान गरिएको थियो भने सम्मान प्राप्त गर्ने संस्थाका तर्फबाट एनआरएनए कुवेतका तर्फबाट महासचिव दिल कुमार पाख्रिन, श्रमिक सञ्जाल कुवेतका तर्फबाट कुवेत संयोजक आनन्द आचार्य र सन्धिगानका तर्फबाट मिस्टर सितोले ग्रहण गरेका थिए ।

गत वर्ष कोरोना महामारीको समयमा लाखौं आप्रवासी कामदारहरूको रोजगारी खोसिदा हातमुख जोर्न समेत सकस भएको समयमा उपरोक्त संघ, संस्थाहरूले विभिन्न श्रोतबाट सहयोग जुटाएर श्रमिकहरूलाइ उपलब्ध गराएका थिए ।

सो समयमा गैरआवासीय नेपाली संघले आपत विपतमा परेका श्रमिकहरूलाइ हातमुख जोर्नको लागि सबैभन्दा ठुलो राहत कार्यक्रम संचालन गरेको थियो भने त्यसै समयमा विभिन्न किसिमले स्वदेश फर्कनु पर्ने तर आर्थिक अभावका कारण स्वदेश फर्कन नसकेका श्रमिकहरूलाइ टिकट पनि उपलब्ध गराएको थियो भने आममाफी मार्फत स्वदेश फर्कन लागेका महिला तथा केटाकेटीहरूलाइ नगद सहयोग समेत गरेको थियो ।

श्रमिक सञ्जालले विभिन्न श्रोत परिचालन तथा सन्धिगानको सहयोगमा नेपाली समाज कुवेतमा अलपत्र परेकाहरूलाइ बिहान बेलुकाको हातमुख जोर्नको लागि राहत वितरण तथा मास्क लगायतका सामाग्रीहरू वितरण गरेको थियो ।

सन्धिगान फिलिपिनी संस्था भैकन पनि कोभिड महामारीले लकडाउन भएको समयमा नेपाली श्रमिकहरूलाइ समेत सहयोग गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले अधिकृत पश्चिम किनाराका विभिन्न क्षेत्रमा प्यालेस्टिनीहरूको घर भत्काउने अभियान जारी राखेको छ। रामल्लाह र नाब्लुस क्षेत्रमा केही घरहरू…

किर्गिस्तानको राजधानी बिश्केकमा आयोजित शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय…

भारतको अर्थतन्त्र चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ७.८ प्रतिशतले बढेको छ। उत्पादन, सेवा, लगानी र निर्यातमा सुधार आउँदा आर्थिक…

प्रतिकृयाहरू
...