Wednesday 14th October 2026

सनातन धर्म सेवा समितिको वार्षिक दिवस सम्पन्न


नारायण कोइराला – सनातन धर्म सेवा समिति मेहल्धारा तानसेन पाल्पाद्वारा प्रकाशित बिशेषाङ्क ‘जय हनुमान’ बिमोचन भएको छ । पाल्पाको तानसेनमा आयोजित सनातन धर्म सेवा समितिको ३६ औं वार्षिक दिवस समारोहको अवसरमा प्रमुख अतिथि समितिका संस्थापक पूर्व अध्यक्ष प्रा . डा. रामजी प्रसाद पौड्यालले बिशेषाङ्क बिमोचन गर्दै “ यो विशेषाङ्क गुठीको दस्तावेज मात्र नभई समस्त तागाधारी, हिन्दूहरूका लागि उपयोगी संग्रह रहेको भनी बताए । बिशेषाङ्कमा समितिको बिधान सहित, समितिले गर्दै आएको महत्वपूर्ण गतिविधिहरू संग्रहित रहेका छन् ।

सभामा सचिव पुष्कर राज रेग्मीद्वारा वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै कोषाध्यक्ष बिश्वराज रेग्मीद्वारा रू ५५७९६४/- बराबरको वार्षिक आयव्याय प्रस्तुत गरिएको थियोे । श्रीनगरमा आयोजित सभामा एस इ इ परीक्षामा उत्कृष्ट नतिजा ल्याएबापत गुठी सदस्य मधुकर काफ्लेको सुपुत्र सक्षम काफ्लेलाई नगद पुरस्कारद्वारा पुरस्कृत गरिनुका साथै जय हनुमान विशेषाङ्क प्रकाशन गर्नका लागि महत्वपूर्ण सम्पादकीय भूमिका निर्वाह गर्नुका साथै गुठीको व्यापिकरणका लागि योगदान पुर्याएबापत सचिव पुष्कर राज रेग्मीलाई विशेष सम्मान गरिएको थियोे ।

सनातन धर्म सेवा समितिले ब्राह्मण मण्डलको नामबाट करीब ८० वर्ष अघि देखि नै कार्य गर्दै आएता पनि औपचारिक रूपमा यसको बिधिवत गठन बि. सं . २०४३ सालमा भएको हो । स्थापनाकालदेखिनै समितिले मृत्युु संस्कारको समयमा गुठी सदस्यहरूका साथै छिमेकीहरूलमई समेत सहयोग पुराउदै आएको छ । हरेक बर्ष सामुहिक जनैपूणिर्मा पूजा गर्नुका साथै समय सापेक्ष सामुहिक बर्तवन्ध कार्य समेत गर्दै आएको छ । सभामा यश बर्षको सूचना वाहकको रूपमा श्रीधरकुमार नेपाल, पदमराज पौड्याल र देवराज शर्मालाई तोकेको छ । आउदो बर्षको गुठी पुजा र जनै पूर्णिमा पर्व सदस्य बुद्धिराज नेपालकहाँ गर्ने, धार्मिक साँस्कृतिक सामाजिक कार्यहरू गर्दै जाने निणर्य गरेको छ ।

समितिका कार्यालय तानसेन मेहल्धारामा रहेको छ र इष्ट देवता भगवान श्रीरामचन्द्रका सेवक वीर हनुमानको पूजा अर्चना गर्ने गरेको छ । नारायणस्थान फूलबारी परिसरमा हनुमानको मन्दिर रहेको छ र मन्दिरमा दशकौ बर्ष अघि देखिनै समितिले पूजा गर्दै आएको छ । हिन्दु संस्कारमा आस्थावान ३९ घर यस समाजका क्रियाशील सदस्य र ६ घर मानार्थ सदस्यको रूपमा रहेका छन् ।

कोषाध्यक्ष बिश्वराज रेग्मीको संयोजकत्वमा श्रीनगर डाँडामा व्यबस्थित बनभोज कार्यक्रम सहित आयोजित ३६ औ बार्षिक दिवस समारोह एवं बिशेषाङ्क बिमोचन समारोहमा अध्यक्षता समितिका अध्यक्ष बरूण प्रसाद रेग्मीले गर्नुका साथै स्वागत उपाध्यक्ष सरस्वती शर्माद्वारा र कार्यक्रम संचालन सचिव पुष्कर राज रेग्मीद्वारा गरिएको थियो ।


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका…

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

प्रतिकृयाहरू
...