Friday 11th September 2026

टहल आचार्यको गजल संग्रह – ३१


कोही भारतीय दलाल पाईजामा कट्टु भाछन् ,
कोही चीन अमेरिकी भाडाका ती टट्टु भाछन् ।

नातागोता आफ्नालाई पाएसम्म सिध्याउन ,
कोही घरभित्रै स्याल ब्वाँसो झैँ छट्टु भाछन ।

यो देशका धरोहर पसिनाको कमाई खाने ,
कोही सोझा खेतिवाल गोठाला र घट्टु भाछन् ।

मरे बाँचे बाल छैन घाटा नाफा जे भए नी ,
कोही गाँजा धतुरोमै सँधैभरी लट्ठु भाछन् ।

साधु सन्त पनि यहाँ ब्यभिचारी भ्रष्टचारी ,
कोही चोर पकेटमारा मगन्ते र भट्टु भाछन् ।

टहल आचार्य


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

प्रतिकृयाहरू
...