Friday 23rd January 2026

स्वर्गीय राजा वीरेन्द्रको जन्मदिन विशेष पञ्चाङ्ग अभ्यास


“पाँचै तत्त्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”

पञ्चाङ्ग : ०१

विष्णुकाे अंश राजाकाे जन्मदिन आज ।
नाशै भाे वंश राजाकाे जन्मदिन आज ।
अहिले सयौँ राजाकाे चुसाइ परियाे ।
काे आयाे कंस राजाकाे जन्मदिन आज।
सर्पदंश राजाकाे भाे जन्मदिन आज ।

@Madhusudan Prasad Ghimire

पञ्चाङ्ग ०२

आशाको दियो जलाउने राजा वीरेन्द्र।
जनतालाई बनाउने राजा वीरेन्द्र।
जन्म दिनको शुभकामना दिन्छु आज,
राष्ट्रको हित गराउने राजा वीरेन्द्र।
शान्ति सन्देश पठाउने राजा वीरेन्द्र।

सुशीला पौडेल

पञ्चाङ्ग ०३

जनतालाई खास बनाउने राजा वीरेन्द्र।
विकासको सपना सजाउने राजा वीरेन्द्र।
आज परेको छ जन्म दिन दिन्छु शुभकामना,
उन्नति, प्रगतीमा लगाउने राजा वीरेन्द्र।
दुश्मनलाई चिता जलाउने राजा वीरेन्द्र।

हयारिस ह्यारिसन

पञ्चाङ्ग ०४

मन वचनले बाँधिएका राजा वीरेन्द्र थिए।
जनको दिलमा खारिएका राजा वीरेन्द्र थिए।
तिमी स्वर्गमा भएपनि याद जन्मदिनको छ,
घर घर फोटो राखिएका राजा वीरेन्द्र थिए।
देश विदेशमा जानिएका राजा वीरेन्द्र थिए।

-सोमनाथ लुइटेल ” रवि पाल्पाली”

पञ्चाङ ०५

“हार्दिक श्रद्धाञ्जली”

हाम्रा प्यारा राजा वीरेन्द्र मनका प्यारा थिए
जनको सहयोग गर्ने धनका प्यारा थिए।
शुभकामना दिन्छु म अाज जन्म जयन्तीको
दुखि गरिब देख्दा खेरि जनका प्यारा थिए,
सिकार खेल्न जान्थे उनी बनका प्यारा थिए।

दुर्गा आचार्य, मोरङ

पञ्चाङ्ग ०६

राम्रो मान्छेको सम्मान गर्ने शब्द नै भेटिएन।
हाम्रो मान्छेको स्वागत भर्ने शब्द नै भेटिएन।
जन्म जयन्ती शुभकामना मात्र दिन सक्छु म,
भक्कानिएर बिचमा झर्ने शब्द नै भेटिएन।
अड्किएर मन छुन पर्ने शब्द नै भेटिएन ।

गुणनिधि घिमिरे

पञ्चाङ्ग ०७

आस्था भरोशाको दियो जलाउने राजा तिमी
जनतालाई नै निडर बनाउने राजा तिमी
जहाँ भए नि जन्मदिनको शुभकामना छ
बिश्वमा शान्ति सन्देश पठाउने राजा तिमी
सबैलाई समानता गराउने राजा तिमी ।

दुर्गा भट्टराई
मोरङ

पञ्चाङ्ग ०८

जनताको मर्म बुझ्ने खास वीरेन्द्र राजा थिए
दुनियाँको पुर्याउने आस वीरेन्द्र राजा थिए।
हरेक नेपालीका ढुक्ढुकीमा नै बस्न सफल,
हरेक नेपालीका विश्वास वीरेन्द्र राजा थिए।
पञ्चायती कालका झकास वीरेन्द्र राजा थिए।

तारा घिमिरे, संखुवासभा

पञ्चाङ्ग ०९

अदृश्य नाता लाएका छन् वीरेन्द्रले
देशको गीत गाएका छन् वीरेन्द्रले
जन्मजयन्ती मनाइयोस् युगौँ युग
सबैको मन छाएका छन् वीरेन्द्रले
जनमा राज पाएका छन् वीरेन्द्रले ।

सविता के.सी., काठमाडौँ ।


सम्बन्धित शीर्षकहरु

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

प्रतिकृयाहरू
...