Wednesday 14th October 2026

दामोदर ढकाल ‘दीपक’ का २५ त्रिशूलहरू


त्रिशूल (कविताको लघुतम उपविधा)

मन
ठूलाे कि
धन ।१।

यता
भेटाै कि
उता ।२।

पाती
पूजामा
जाती ।३।

सुन्छु
नराम्रो
रून्छु ।४।

शीर
मनमा
पीर ।५।

लाखा
नगर्नु
पाखा ।६।

हाम्राे
संस्कृति
राम्राे ।७।

पानी
देऊ न
सानी ।८।

गाई
पाल्नुछ
भाइ ।९।

भैंसी
दुधैछ
जैसी ।१०।

फर्सी
तिहुन
पर्सि ।११।

दाम
नलाग्दै
घाम ।१२।

तन्त्र
ठूलाे हाे
मन्त्र ।१३।

बस्ने
खरानी
घस्ने ।१४।

हरे
भजन
भरे ।१५।

अरे
भेटाैं न
भरे ।१६।

चराे
जालमा
पराे ।१७।

भित्ताे
देखिन्छ
रित्ताे ।१८।

तारा
अाकाश
सारा ।१९।

तास
नखेल्नु
खास ।२०।

खुव
झै मीठो
पुवा ।२१।

हिरा
लाग्दैन
किरा ।२२।

सिधा
मेरै छन्
फिदा ।२३।

खर
छानाकाे
भर ।२४।

पर
नमान्नु
डर ।२५।

-दामोदर ढकाल ‘दीपक’
भोजपुर


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका…

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

प्रतिकृयाहरू
...