Wednesday 8th April 2026

लघुकथाः- तालमेल – अनुग्रह राना मगर ‘पुष्प’


धन प्रसाद र मन प्रसाद स्कुले जिवनका सँगैका साथी हुन् ।
असाध्यै मिल्थे । साथीहरुको मित्रताको संगतमा एउटा संयमको उदाहरण पनि थिए ।

सँगैको उच्च शिक्षा पश्चात् धन प्रसाद बडा हाकिमको पोस्टमा नियुक्त भए ।
अलिक चलाखिपनका र धनाढ्य परिवारका थिए धन प्रसाद। कुरा घुमाउन पनि जानेका थिए । “सोझो औंलाले भएन भने औंला बङ्याउनुपर्छ ” भन्ने उखानलाई राम्ररी मलजल गर्न जानेका थिए । त्यसैले होला निक्कै ठुलो पदमा पहिलो चोटि मै नियुक्त हुन पुगेका ।

मन प्रसादलाई पनि मौका भने नआएको होइन । तर सत्यको साँचो बाटो खोजी गरि रहने भएकोले ती संसारको अन्धकारको भुमरीमा फस्न चाहेनन् । आफ्नै तरिकामा जीवन जिउन थाले ।

धन प्रसाद घुम्दै फिर्दै आफ्नै जिल्लामा सरुवा हुँदै आइपुगे । यो सुनेर मन प्रसाद निक्कै खुशी भए । उसको जग्गाको काम अलिकति पूरा हुन बाँकी थियो । अब त आफ्नै साथी आएको छ पक्कै मिलाइ दिनु हुन्छ भन्ने आशा लिएर भोलिपल्ट नै मन प्रसाद जिल्ला गए ।

-“नमस्कार सर ” मन प्रसादले दुवै हात जोड्दै भन्यो ।
-“नमस्कार नमस्कार ” धन प्रसादले भने ।
फेरि नचिने झैँ गरेर “कति कामले पाल्नु भयो ? हजुर भन्दै बस्ने इसरा गरे ।”
सबैकुरा सुनाए । तर पूरा हुने छाँट्काट देखिएन ।
यो देखेर मन प्रसादले किन के भयो हजुर । यस्तो कमि कमजोरी के छर ? भने ।
-“धन प्रसादले भने तालमेल मिलेन हजुर… ।”
-“कस्तो के को तालमेल ?” चाहिने कागजात त सबै ल्याएकै छु नि सर मन प्रसादले भने ।
धन प्रसादको जवाफ थियो ” तपाईं आफै बुझ्नुहोस् ?

संखुवासभा
हाल- मलेसिया


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...