Saturday 26th July 2025

लघुकथाः- तालमेल – अनुग्रह राना मगर ‘पुष्प’


धन प्रसाद र मन प्रसाद स्कुले जिवनका सँगैका साथी हुन् ।
असाध्यै मिल्थे । साथीहरुको मित्रताको संगतमा एउटा संयमको उदाहरण पनि थिए ।

सँगैको उच्च शिक्षा पश्चात् धन प्रसाद बडा हाकिमको पोस्टमा नियुक्त भए ।
अलिक चलाखिपनका र धनाढ्य परिवारका थिए धन प्रसाद। कुरा घुमाउन पनि जानेका थिए । “सोझो औंलाले भएन भने औंला बङ्याउनुपर्छ ” भन्ने उखानलाई राम्ररी मलजल गर्न जानेका थिए । त्यसैले होला निक्कै ठुलो पदमा पहिलो चोटि मै नियुक्त हुन पुगेका ।

मन प्रसादलाई पनि मौका भने नआएको होइन । तर सत्यको साँचो बाटो खोजी गरि रहने भएकोले ती संसारको अन्धकारको भुमरीमा फस्न चाहेनन् । आफ्नै तरिकामा जीवन जिउन थाले ।

धन प्रसाद घुम्दै फिर्दै आफ्नै जिल्लामा सरुवा हुँदै आइपुगे । यो सुनेर मन प्रसाद निक्कै खुशी भए । उसको जग्गाको काम अलिकति पूरा हुन बाँकी थियो । अब त आफ्नै साथी आएको छ पक्कै मिलाइ दिनु हुन्छ भन्ने आशा लिएर भोलिपल्ट नै मन प्रसाद जिल्ला गए ।

-“नमस्कार सर ” मन प्रसादले दुवै हात जोड्दै भन्यो ।
-“नमस्कार नमस्कार ” धन प्रसादले भने ।
फेरि नचिने झैँ गरेर “कति कामले पाल्नु भयो ? हजुर भन्दै बस्ने इसरा गरे ।”
सबैकुरा सुनाए । तर पूरा हुने छाँट्काट देखिएन ।
यो देखेर मन प्रसादले किन के भयो हजुर । यस्तो कमि कमजोरी के छर ? भने ।
-“धन प्रसादले भने तालमेल मिलेन हजुर… ।”
-“कस्तो के को तालमेल ?” चाहिने कागजात त सबै ल्याएकै छु नि सर मन प्रसादले भने ।
धन प्रसादको जवाफ थियो ” तपाईं आफै बुझ्नुहोस् ?

संखुवासभा
हाल- मलेसिया


सम्बन्धित शीर्षकहरु

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार…

लन्डन: गाजा पट्टीमा बिरामीहरूको उपचार गर्न स्वयंसेवा गरिरहेका बेलायती स्वास्थ्यकर्मीहरूले इजरायली आक्रमण र सहायतामा प्रतिबन्धका कारण गम्भीर जलेको र छर्राको…

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले पनि आफूलाई दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नरोकेको बताएकी छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना…

प्रतिकृयाहरू
...