Saturday 20th June 2026

पञ्चाङ्ग साहित्य समाज नेपालको एघारौँ श्रृङखला पञ्चाङ्ग वाचन गरि सम्पन्न


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार“ भन्ने मुल नाराका साथ गठन भइ साहित्य सर्जकहरूमार्फत पञ्चाङ्ग साहित्य पस्कदै आएको पञ्चाङ्ग साहित्य समाज नेपालको एघारौँ श्रृङखला पञ्चाङ्ग वाचन गरि सम्पन्न भएको छ ।

पञ्चाङ्ग साहित्य समाज नेपालको एघारौँ श्रृङखलाको पञ्चाङ्ग वाचन कार्यक्रम भर्चुयल माध्यमबाट भव्य रूपमा सम्पन्न भएको थियो भने झन्डै दुईघण्टा १० मिनेट सञ्चालन भएको उक्त कार्यक्रमका महासचिव रामराजा के.सी.ले पञ्चाङ्ग वाचन कार्यक्रमको सहजीकरण गरेका थिए ।

पञ्चाङ्ग साहित्य समाजकी अध्यक्ष सविता के.सी.को सभाध्यक्षता, राष्ट्रिय सुसेली मञ्चका अध्यक्ष दुर्गा अधिकारी भमरकोटेको प्रमुख आतिथ्यता, शीत काव्यका कल्पनाकार पुष्कर अथक रेग्मीको विशिष्ट आतिथ्यता रहेको उक्त पञ्चाङ्ग वाचन कार्यक्रममा राष्ट्रिय बाछिटा प्रतिष्ठानका अध्यक्ष खगेन्द्र प्रसाद बस्याल, पञ्चाङ्ग साहित्य समाजका संरक्षक तिलक लुइटेल, उदक साहित्य विधाका प्रवर्तक आर्त अकुलीन, छन्द पञ्चाङ्ग स्रष्टा नारायण प्रसाद निरौला, दुर्गा आचार्य, हरिशर्मा पङ्गेनी, केशव न्यौपाने, प्रेम थापा, लक्ष्मीप्रसाद मिश्र, निर्मला सुवेदी, रामराजा के.सी., विष्णु भट्टराई विभु, लक्ष्मी बस्याल, गुणनिधि घिमिरे, पञ्चाङ्ग प्रवर्तक द्वय सोमनाथ लुइटेल र सुशीला पौडेल र सविता के.सीले पञ्चाङ्ग वाचन गरेका थिए ।

कार्यक्रममा भाषा शुद्धीकरणका विषयमा समेत छलफल भएको थियो भने शीत काव्यका प्रवर्तक पुष्कर रेग्मीले पञ्चाङ्ग लगायत सुसेली, बाछिटा, शीत समेत वाचन गरीएको उक्त कार्यक्रममा पञ्चाङ्ग साहित्य समाजका संरक्षक तिलकप्रसाद लुइटेलले पञ्चाङ्गका अक्षर संरचनालाई समितिको निर्णयबाट फराकिलो पार्नुपर्ने सुझाव दिनुभयो ।

प्रमुख अतिथि दुर्गा अधिकारी भमरकोटेले कवितनका उपविधाहरूको राम्रो विकास र उत्थान भइरहेको र हरेक कार्यक्रममा सबैजनाको उपस्थिति अनिवार्य हुनुपर्ने, हातेमालो गरि अघि बढ्नुपर्ने कुरा बताउनु भयो । अन्तमा सभापतिले पञ्चाङ्ग वाचन कार्यक्रमलाइ सफलतापूर्वक सम्पन्न गर्न प्रमुख अतिथि ज्यू, विशिष्ट अतिथि ज्यू एवं सम्पूर्ण अतिथि ज्यूहरूले पञ्चाङ्ग वाचन गरि पुर्याउनु भएको सहयोग प्रति हार्दिक आभार प्रकट गर्दै औपचारिक रूपमा कार्यक्रमको समापन गरिएको थियो ।


सम्बन्धित शीर्षकहरु

इरानले दिवंगत सर्वोच्च नेता Ayatollah Ali Khamenei को अन्त्येष्टि कार्यक्रम जुलाइ ४ देखि ९ सम्म सञ्चालन हुने घोषणा गरेको छ।…

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

प्रतिकृयाहरू
...