Friday 3rd May 2024

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ८२ औं गद्य कविता विशेष काव्य श्रृङ्खला सम्पन्न


तीतोपाटी – चन्द्रागिरि साहित्य प्रतिष्ठानको ८२ औं गद्य कविता विशेष काव्य श्रृङ्खला यहि २०७८ पुष ७ गते सम्पन्न भएको छ ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा,बरिष्ठ साहित्यकार हरि मन्जुश्रीको प्रमुख आतिथ्यमा,डा बम बहादुर थापा,कलानिधि दाहाल,गंगा लिगलको विशिष्ट आतिथ्यतामा अनी सुधा बास्कोटाको कुशल उद्घोषणमा ८२ औं गद्य कविता विशेष श्रृङ्खला २५जना साहित्यकारको सहभागितामा सम्पन्न भएको हो ।

काव्य श्रृङ्खलाको विशेष उपस्थितिमा,उर्मिला पन्त,शुरेश घिमिरे,लक्ष्मी प्रसाद मिश्र,बिनु बाबा घिमिरे,आर्त अकुलिन,चन्द्रावती अधिकारी,द्वारिका कुइकेल,शारदा आचार्य,चुडा निर्भिक,लक्ष्मी बस्याल,यज्ञ सुवेदी,रेणु घिमिरे,सरस्वती श्रेष्ठ,हरि प्रसाद चौलागाई,सोम लुईटेल,विनोद नेपाल,सिता कार्की,वीर बहादुर लोहनी,माधव पोखरेल,उत्तम भेटवाल,जानुका थापा,लगायत २५जना साहित्यकारहरूले आ-आफ्ना विशेष रचना प्रस्तुत गर्नु भइ सम्पन्न गरिएको थियो ।

प्रमुख अतिथि मन्जुश्रीले वाचित कवितामा टिप्पणी,भावना प्रस्तुत गर्दै अधिकांस रचना राष्ट्रिय विसङ्गतिका चित्रण,समाजको चिन्तनको प्रतिनिधित्व गर्ने खालका थिए ।टिप्पणी मेरो चिन्तनको आधारमा हुन्छ तर भावनात्मक अनुभूति प्रकट गर्नु कविता प्रतिको न्याय हो भन्नु भयो । कवितामा कलात्मक्ता,लयात्मक्ता,प्रतिकात्मक्ता भयो भने अव्वल हुन्छ भन्नु भयो ।चन्द्रागिरिले यो भेटको मौका दिएकोमा धन्यवाद ज्ञापन गर्दै आफ्नो सिर्जना सुनाउनु भयो ।डा,बम बहादुर थापा,गंगा लिगल,कलानिधि दाहालले शुभकामना मन्तव्य दिनु हुँदै चन्द्रागिरिको नियमितता र विधागत भेराइटी मुख्य विशेषता बनेकोछ भन्नु हुँदै हरेक श्रीङ्खलामा नयाँ स्रष्टा जोडिन पनि खुशीको कुरा हो भन्नु भयो ।

अन्त्यमा अध्यक्ष जनार्दन धड्कनले (खोरिया पर्वतक)खोरियाको सैदान्तिक पक्ष ४ लाइनको संम्रचना ८/८/८/५ २९ अक्षरमा लेखिने लोक छन्दको चिनारी दिनु हुँदैकविता सुनाउनु भयो ।हरेक हरेक श्रृङ्खलामा अमूल्य समय दिएर यहाँहरु जोडिनु भएकोले आयोजकलाइ उत्साह थपिएको व्यक्त गर्नु हुदै प्रमुख आमन्त्रित लगायत सम्पूणर् साहित्यकारहरूमा हार्दिक आभार व्यक्त गर्नु हुँदै समापनको घोषणा गर्नु भयो ।


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

प्रतिकृयाहरू
...