Friday 11th September 2026

लघुकथाः कम्बल -दीपक लोहनी


गाउँ/शहरमा जाडो ह्वात्तै बढेको थियो । सबै जना कठाङ्ग्रिएर लुगलुग काम्दै थिए ।

भेंडागोठालोले भेंडाहरूलाई हेर्यो । भेंडाहरू झ्यापुल्ले भुत्लाहरू भिरेर पनि लुगलुग काम्दै थिए ।

गोठालोले अनुहारमा मिठासता फैलाउँदै बोल्यो – “भेंडाहरू हो, म तिमीहरू सबैलाई एक एकवटा बाक्ला कम्बलहरू बनाइदिन्छु । त्यही कम्बल ओडेर तिमीहरूले यो जाडो भगाउनु पर्छ ।”
सबै भेंडाहरू खुसीले बुर्लुक्क उफ्रिए ।

गोठालोले सबै भेंडाहरूको बाक्लो भुत्लाहरू स्नेहपूर्वक खौरियो । भेंडाहरू सर्वाङ्ग नाङ्गा भए ।

गोठालो भेंडाहरूको भुत्लाहरू बोकेर कम्बल लिन सहर पस्यो । तर अझै फर्किएको छैन । भेंडाहरू जाडोमा लुगलुग काम्दै कम्बल पर्खिरहेका छन् ।

@कुरिलो घर
काठमाडौ ।


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

प्रतिकृयाहरू
...