Wednesday 28th October 2026

एफएनजे कुवेतले २ दिने अनलाइन पत्रकारिता तालिम सम्पन्न गर्यो


तीतोपाटी – नेपाल पत्रकार महासंघ(एफएनजे) कुवेत शाखाले २ दिने अनलाइन पत्रकारिता तालिम सम्पन्न गरेको छ । अनलाइन पत्रकारिता तालिममा एफएनजे सम्वद्ध कुवेत स्थित विभिन्न सञ्चारगृहमा सामुदायिक पत्रकारिता गरिहेका मिडियाकर्मीहरूले सहभागिता जनाएका थिए ।

भर्चअल अनलाइन माध्यमबाट गत १७ डिसेम्बर र २४ डिसेम्बर गरेर २ दिन सम्म संचालन गरिएको उक्त तालिममा नेपाल प्रेस ईन्स्टिच्युटका तालिम संयोजक कपिल काफ्लेले आधारभूत पत्रकारिता तालिम दिएका थिए भने दोश्रो हप्ताको अन्तिम सत्रमा डिजिटल मिडियाको बारेमा अर्जुन कार्कीले तालिममा सहभागीहरूलाई सहजीकरण गरेका थिए ।

प्रवासमा श्रम गरेर बचेको समय सर्वसाधारणलाइ सूचना सम्प्रेषण गर्न लागि परेका स्थानीय मिडियाकर्मीहरूलाइ सामाजिक संजालका विभिन्न प्लेटफर्म मार्फत प्रहार भइरहेका बेला महासंघ कुवेतको समन्वयमा कुवेतमा रहेका पत्रकारहरूलाइ तालिम दिइनुले पत्रकारिताको स्तरवृद्धि र पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न अझ मद्दत मिल्ने विश्वास गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

मौसम प्रतिकूल हुने पूर्वानुमानसँगै मुस्ताङका उच्च हिमाली क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङ र लोमन्थाङ गाउँपालिकाले कात्तिक…

भारत र चीनबीचको सम्बन्ध सुधार गर्ने प्रयास भइरहेका बेला दुवै देशबीचको सीमा क्षेत्रमा फेरि तनाव देखिएको छ। भारतको उत्तरपूर्वी राज्य…

प्रतिकृयाहरू
...