Friday 16th October 2026

एफएनजे कुवेतले २ दिने अनलाइन पत्रकारिता तालिम सम्पन्न गर्यो


तीतोपाटी – नेपाल पत्रकार महासंघ(एफएनजे) कुवेत शाखाले २ दिने अनलाइन पत्रकारिता तालिम सम्पन्न गरेको छ । अनलाइन पत्रकारिता तालिममा एफएनजे सम्वद्ध कुवेत स्थित विभिन्न सञ्चारगृहमा सामुदायिक पत्रकारिता गरिहेका मिडियाकर्मीहरूले सहभागिता जनाएका थिए ।

भर्चअल अनलाइन माध्यमबाट गत १७ डिसेम्बर र २४ डिसेम्बर गरेर २ दिन सम्म संचालन गरिएको उक्त तालिममा नेपाल प्रेस ईन्स्टिच्युटका तालिम संयोजक कपिल काफ्लेले आधारभूत पत्रकारिता तालिम दिएका थिए भने दोश्रो हप्ताको अन्तिम सत्रमा डिजिटल मिडियाको बारेमा अर्जुन कार्कीले तालिममा सहभागीहरूलाई सहजीकरण गरेका थिए ।

प्रवासमा श्रम गरेर बचेको समय सर्वसाधारणलाइ सूचना सम्प्रेषण गर्न लागि परेका स्थानीय मिडियाकर्मीहरूलाइ सामाजिक संजालका विभिन्न प्लेटफर्म मार्फत प्रहार भइरहेका बेला महासंघ कुवेतको समन्वयमा कुवेतमा रहेका पत्रकारहरूलाइ तालिम दिइनुले पत्रकारिताको स्तरवृद्धि र पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न अझ मद्दत मिल्ने विश्वास गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

युक्रेनसँग अमेरिकी निर्मित प्याट्रियट वायु रक्षा प्रणालीमा प्रयोग हुने मिसाइल लगभग सकिएको बताइएको छ। यसले रुसको ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न…

बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खानलाई अक्टोबर २८ भित्र भारत छाड्न मुम्बई प्रहरीले नोटिस दिएको छ। भारतीय…

युक्रेनले आफ्ना केही हतियार र ड्रोनहरूका लागि प्रयोग हुने स्टारलिङ्क इन्टरनेट सेवामा अचानक गति सीमा लगाइएपछि युद्धक्षेत्रका गतिविधि प्रभावित भएको…

प्रतिकृयाहरू
...