Wednesday 14th October 2026

मूना ट्रष्टको अध्यक्षमा जनार्दन अधिकारी


नारायण कोइराला – पाल्पाको राम्पुर नगर पालिका १५ मा स्थापित मूना ट्रष्टको तेस्रो साधारण सभाबाट जनार्दन अधिकारी अध्यक्षमा चयन हुनु भएकोछ । त्यस्तै ट्रष्टको सचिवमा उपेन्द्र अधिकारी,कोषाध्यक्षमा मन्जु अधिकारी,सदस्यमा शुरज अधिकारी,बन्दना अधिकारी,अमोद अधिकारी,विष्णु अधिकारी,चयन हुनु भएको छ ।

धन कुमारी अधिकारी,कृष्ण प्रसाद अधिकारी संरक्षक रहनु भएको उक्त ट्रष्ट डा, दयानिधि पंकजको प्रमुख संरक्षकत्व,पारश,भिका पौडेलको उपस्थितिमा शुभारम्भ भएको हो ।मूना ट्रस्टले जनकल्याण मा,वि,बाट एसइइ मा सर्बोकृष्ट नतिजा प्राप्त गर्नेलाइ छात्रवृत्ति प्रदान गर्दै आएको छ भने रामपुर १० काभ्रेघारीमा मूना स्मृति भवन निर्माण गरि वडा स्वास्थ्य कार्यालय निशुल्क भाडामा दिइ स्वास्थ्य सेवालाइ सहजता प्रदान गर्दै आइरहेकोछ ।

अध्यक्ष जनार्दन अधिकारीले स्वास्थ्य जीवनको अमूल्य सम्पत्ति भएकोले जनताको स्वास्थ्यको लागि दत्तचित्त भइ प्राथमिकतामा राखेर सेवा गर्ने र एक दिन भएपनि छिटो एम्बुलेन्स सेवा सन्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
स्वास्थ्य लगायत जलवयू परिवर्तनले वातावरणीय समस्या सिर्जित गरेको र स्वस्थ्यलाइ प्रतिकुल असर पारेको आजको परिप्रेक्षमा विभिन्न जनचेतना मूलक कार्यक्रम पनि कार्य योजना बनाइ संचालन गर्दै जाने वताउनु भयो ।


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका…

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

प्रतिकृयाहरू
...