Wednesday 14th October 2026

लघुकथाः भाग्यको खेल -विनोद नेपाल


बहुप्रतिक्षित निर्वाचन सम्पन्न भयाे र परिणाम आयाे ।
परिणाम सुनेर सबै आश्चर्यमा परे ।

‘यस्ताे परिणाम कसरी आयाे हँ ?’ अब याे नै फुर्सदिलाहरुकाे छलफलकाे विषय बन्याे ।

कसैले भने ‘षडयन्त्र ‘ ।
कसैले भने ‘तालमेल ‘।
कसैले भने ‘चलखेल ‘।
कसैले भने ‘धाेखा ‘।
कसैले के र कसैले के अनुमान गरे ।
तर कसैले पनि सही कारण एकिन गर्न सकेनन् ।

यत्तिकैमा विजय जुलुस निस्क्यो ।

एक चतुर पत्रकार भिडमा पस्याे र अबिरजात्रा सहितकाे जुलुसकाे अग्रपङ्तिमा रहेका नेताजीलाई साेध्याे ‘हजुरकाे कार्यशैली प्रति व्यापक असन्तुष्टि थियाे तर पनि यहाँ नै विजयी हुनुभयाे । चमत्कारै भयाे नि हजुर, बधाई छ यहाँलाई ।’ भन्दिनुस् न याे विजयकाे प्रमुख कारण के हाेला ? कसैकाे साथ, सहयाेग वा कसैकाे खास भूमिका छ,कसैलाई अंसम्झन वा धन्यवाद दिन चाहनुहुन्छ कि ? ‘

नेताजीले भने-‘ देख्नुभएकै छ बिराेधीकै घेरामा छु म सधैं ।

‘कसै न कसैकाे त सहयाेग हाेला नि ? समीकरण पनि बनाउनुभा’थ्याे क्यारे, हैन ? भन्दिनुस् न हजुर ‘ – पत्रकारले पछ्याउँदै भन्याे ।

‘तपाईँलाई थाहै छ नि-‘ नेताजीले भने -‘नजिकका नै बढ्ता बिराेधी छन् मेरा । ‘ ‘यसैले कसैकाे सहयाेग हाेइन याे विजय मेराे भाग्यकाे खेल हाे , बुझ्न भयो।

-विनोद नेपाल


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका…

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

प्रतिकृयाहरू
...