Thursday 13th August 2026

पाँच नारी स्रष्टाका ३-३ वटा खोरियाहरू


बुढ्यौली खोरिया ३

करकरि जिउ हुन्छ
धरधरी मन रुन्छ
भयो नि बेहाल मेरो
कस्तो छ तिम्रो ?

जोडी हुनु बुढ्यौली मा
सुख दुःख साट्ने भनि
नहुनु एक्लो हजुर
रुन्छौ जरुर।

मेरो माया साँचि दिनु
जवानिमा आटि दिनु
बुढ्यौली लाइ सुखद
हुन्न विपद।

लक्ष्मी बस्याल बर्दिया


सगरमाथा शिर हो
उ च्च शिखर नाम हो
नेपालीको यो गौरब
हाम्रो सौरब ।


पशुपति देब हाम्रा
संरक्षक अति राम्रा
देब पुजन गरेर
खुशी भएर ।


उन्नति छैन देशमा
पौरख गरौ साथमा
प्रगतिको छ किनारा
मिल्छ सहारा ।

गंगा लिगल

वैँस जवानी साटेको
सहारा दिन आँटेको
दियौ नि धोका यसरी
रुन्छु बेसरी ।

दुईमा छैन विश्वास
निस्कन्छ सधैँ निश्वास
अरुको के नै भर भो?
बुझ्ने छ र को?

आफैँले जन्म दिएका
भोक र प्यास पिएका
सन्तान पैसा हेर्दछन्
दुख घेर्दछन् ।

चन्द्रावती अधिकारी

तीन खोरिया


बुढ्यौली लठ्ठी साक्षी छ
मनले मान्यो राजी छ
बाँचौँला साथ दिएर
सँगै हाँसेर ।


यादमा छाती चर्किन्छ
बुढाको आँसु दर्किन्छ
नरोऊ सबैले भन्छन्
आफ्नो तर्किन्छ ।


मायाको आश लाग्दछ
आफन्त जति भाग्दछ
वृद्धको छैन साहारा
मिठो आहारा ।

सविता के.सी., काठमाडौँ


जगत भयो उज्यालो
बिजुली बत्ति देखिन
मायाले भरौ बृद्ध।को
बाकी श्रादाको।


बनमा एक्लै जलमा
नभका एक्लो रबिती
झल्केर बोल्छ् पाखामा
सत्य सुर्यमा।

कहिले वर्षा हरित
कहिले शित बनेका
रसीलो बन्यो हिमाल
उर्जा जगत।

-सीता पाण्डे
हाल काठमाडौं, बनस्थलि


सम्बन्धित शीर्षकहरु

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षापछि आएको पहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने ९ जना अझै बेपत्ता छन्।…

अमेरिकाले इरानमाथिको नाकाबन्दी कडा पार्‍यो, ५९ व्यावसायिक जहाजको मार्ग परिवर्तन अमेरिकी सेनाले इरानका बन्दरगाहतर्फ जाने वा त्यहाँबाट निस्कने ५९ वटा…

जापानले जुलाई ३१ मा नेसनल इन्टेलिजेन्स ब्युरो (NIB) स्थापना गर्दै दशकौँपछि आफ्नो गुप्तचर संरचनामा ठूलो पुनर्गठन गरेको छ। यसको उद्देश्य…

प्रतिकृयाहरू
...