Friday 11th September 2026

सोमनाथ लुइटेल “रवि पाल्पाली” को दुःख शीर्षकको एक पाञ्चायन पञ्चाङ्ग


“पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”

पाञ्चायन ०१

शिर्षक :दु:ख

तक्दिरमा लेखेको पाउने मात्र जिन्दगी हो ।
भोग चलन जति लाउने मात्र जिन्दगी हो ।।
ललाटमा भएको छैंटिमा लेखेको पाइन्छ ,
कमाई खान सधैं धाउने मात्र जिन्दगी हो ।
सुखदपछि दु:ख आउने मात्र जिन्दगी हो ।।


आर्काको भरले चलाउने मात्र जिन्दगी हो ।
तनावमा थाकी गलाउने मात्र जिन्दगी हो।।
कति पीडा तड्पाई सहनु पर्छ सधै मैले ,
धिपिधिपी दियो जलाउने मात्र जिन्दगी हो।
एक अर्कालाई छलाउने मात्र जिन्दगी हो ।।


पसिनाको गन्ध बसाउने मात्र जिन्दगी हो ।
कोदालो हँसिया समाउने मात्र जिन्दगी हो ।।
आफ्नो केही छैन अर्काको भरपर्नुपर्छ सधैं ,
बिहान सवेरै जगाउने मात्र जिन्दगी हो ।
खेताला बनेर दलाउने मात्र जिन्दगी हो।।


तेलमा जसरी लर्काउने मात्र जिन्दगी हो।
यताउता गरि फर्काउने मात्र जिन्दगी हो ।।
निर्धोलाई हेपेर कति दु:ख दिन चाहन्छन्
गरिबलाई देखि तर्काउने मात्र जिन्दगी हो ।
आफ्ना कामहरू सर्काउने मात्र जिन्दगी हो ।।


धनिबर्गले कुरा फन्काउने मात्र जिन्दगी हो ।
जसरी पनि त तन्काउने मात्र जिन्दगी हो ।।
आँखामा पानी हुँदासम्म कर्म गर्नै पर्नेछ ,
गरिबको घर रन्काउने मात्र जिन्दगी हो।
कामको बेलामा झन्काउने मात्र जिन्दगी हो ।

-सोमनाथ लुइटेल “रवि पाल्पाली”


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

प्रतिकृयाहरू
...