Wednesday 14th October 2026

टहल आचार्यको गजल संग्रह – ३०


गजल
बृहस्पति ठान्या नेता हाम्रा लागि शनी रैछन् ।
दशा होईन महादशा सङ्कटका धनी रैछन् ।

अब आउँदो चुनाव हुँदा राहु केतु भ्रामरी ,
भाऊ लगाई पन्छाउन ज्योतिषीले गनी रैछन ।

कति गाली गर्नु हजुर लामखुट्टे उपियाँलाई ,
भोका उडुस देश चुसी भुँडे गणेश बनी रैछन् ।

आफ्नो घरमा अरुको नै आज्ञा पालन गराउने ,
खोटो नोट खोटो सिक्का बैदेशीक मनी रैछन् ।

कति खानु सँधै सुगर प्रेशर मात्रै बढाउने ,
यी त चिनी मिसाईएका बजारीया हनी रैछन्

-टहल आचार्य


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका…

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

प्रतिकृयाहरू
...