Friday 11th September 2026

कमलराज रेग्मी वर्ष पुरस्कार अशोकमान सिंलाई


नारायण कोइराला – कमलराज रेग्मी वर्ष पुरस्कार अशोकमान सिंलाई प्रदान गरिएको छ । शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पा कत्र १६ औ बार्षिक दिवस, छैठौं निर्वाचन अधिवेशन,९३ औ कुलमणि देवकोटा जन्मजयन्ती, कमलराज रेग्मी वर्ष पुरस्कार अभनन्दन, सम्मान ,पुरस्कार तथा छात्रवृत्ति बितरण कार्यक्रम मा रू. २५ हजार नगद पुरस्कार सहित अशोक आर्टलाई अभिनन्दन गरिएको हो ।

प्रतिष्ठानका संरक्षक एवं अक्षयकोषदाता समेत रहनु भएका डा. प्रकाशराज रेग्मीले आगमी वर्षदेखि पुरस्कारको राशी रू ५१ हजार गरिने घोषणा गर्नुभयो । अभिनन्दित, पुरस्कृत, सम्मानित व्यक्तित्वहरूलाई शुभकामना दिनुका साथै आयोजकको उत्तरोत्तर प्रगतिको कामना गर्दै प्रमुख अतिथि साहित्यकार हरि बहादुर कुँवरले प्रतिवध्द र लगनशील व्यक्तिलेनै सफलता पाउँछ भनी बताउनु भयो ।

प्रतिष्ठानले कमलराज रेग्मी वर्ष पुरस्कारकासाथै कुलमणि देवकोटा प्रतिभा पुरस्कार (रू.५०००)- देवेन्द्र लम्साल ( स्याङ्जा ), लक्ष्मीप्रिय जगतबहादुर प्रतिभा पुरस्कार(रू.५०००) -भागीरथी श्रेष्ठ,जगतकुलमणिकविन्द्र त्रिनक्षत्र पुरस्कार (रू.५०००)- नीलकण्ठ न्यौपाने, इन्द्रलाल भारती शिक्षा सेवा सम्मान -देवीप्रसाद बज्राचार्य, दीननाना साहित्य सेवा सम्मान- शारदा खनाल, शक्तिराज रेग्मी संचार सेवा सम्मान- किरण कौशल, राधाबद्री स्मृति स्वयंसेवा सम्मान- वंकिमचन्द्र खनाल, विमला रेग्मी स्वास्थ्य सेवा पुरस्कार (रू. ३०००)- अम्बिका मल्ल, बालहरि स्वास्थ्य सेवा सम्मान – सुरेन्द्र पौडेल, तुलठगी प्रतिभा पुरस्कार – न्यू होराइजन मा.बि.का बिशाखा बज्राचार्य, कृतिका पाण्डे, रितिका खनाल र सिम्रन शर्मा बन्जाडेलमई समेत पुरस्कृत एवं सम्मानित गरियो ।

विमला कमल चारवर्षे छात्रवृत्ति १० बिधालय , ज्ञानज्योति छात्रवृत्ति ५ बिधालय, सीबिका छात्रवृत्ति १ बिधालय र दीनकुमारी छात्रवृत्ति १ शिक्षालयका बिधार्थीलाई प्रदान गरियो । शैक्षिक छात्रवृत्तिले आगामी दिनमा समेत निरन्तरता पाउनेछ ।

राजनितीज्ञ, दार्शनिक, साहित्यकार कमलराज रेग्मी राष्ट्रिय स्तरमै चर्चित युगपुरूष हुन् । बि. सं. २००७ सालमा प्रजातन्त्र ल्याउन उनको ठूलो योगदान रहेको छ । स्व . कमल राज रेग्मीको नाममा स्थापित वर्ष पुरस्कार हालसम्म साहित्यकार झपेन्द्र बहादुर जिसी, बिश्वमान बज्राचार्य, राधा भारती र अशोक आर्टलाई प्रदान गरिएको छ । अशोक आर्ट पाल्पा तानसेनमा जन्मी काठमाडौंमा कर्म गरि राष्ट्रिय स्तरमै स्थापित कलाकार, चित्रकार, फोटोपत्रकार एवं साहित्यकार हुन् ।

पुष्कर राज रेग्मीको अध्यक्षता, साहित्यकार हरि बहादुर कुँवरको प्रमुख आतिथ्यता, प्रा. डा. प्रकाशराज रेग्मीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा स्वागत रोहित ज्ञवाली र संचालन महा सचिव चन्द्रकान्तले गरेका थिए ।रेडक्रस पाल्पाको सभाहलमा आयोजित उक्त कार्यक्रममा ९२ जनाको सहभागीता रहेको थियो ।


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

प्रतिकृयाहरू
...