Tuesday 7th May 2024

ओमिक्रोनको संक्रमण बढेपछि नेदरल्याण्मा लकडाउन


तीतोपाटी – कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढे पछि नेदरल्याण्डले आज आइतबारदेखि लकडाउन शुरू गरेको छ । नेदरल्याण्डका प्रधानमन्त्री मार्क रूटेले शनिबार एक पत्रकार सम्मेलन गरि लकडाउनको घोषणा गरेका हुन् ।

क्रिसमसको समयमा मानिसहरूको जमघटले संक्रमण बढ्न सक्ने भन्दै क्रिसमसको पूर्वसन्ध्यामा नेदरल्याण्ड सरकारले लकडाउन गरेको हो ।

अत्यावश्यक बस्तुका पसलहरू बाहेक अन्य पसलहरू, बारहरू, जिमहरू, हेयरड्रेसरहरू र अन्य सार्वजनिक स्थानहरू १४ जनवरी सम्मका लागि बन्द रहने छन्  भने होली डे मा एक घरमा २ जना भन्दा बढि पाहुना ल्याउन नपाइने निर्णय नेदरल्याण्ड सरकारले गरेको छ ।


सम्बन्धित शीर्षकहरु

हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव स्वीकार गरेको बताएको छ । यद्यपि, इजरायलले शान्ति सम्झौताको बारेमा अहिलेसम्म…

सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै गर्ने भएका छन् । सभामुखले आज बिहान साढे ११…

तितोपाटी-आगामी शुक्रबार अर्थात १० मे का दिन कुवेतमा भखरै मात्र खुलेको नेपाली मार्ट "सोल्टि एक्स्प्रेस मार्ट" को मुख्य प्रायोजनमा अन्तर…

प्रतिकृयाहरू
...