Friday 11th September 2026

पाल्पामा साहित्यिक कार्यक्रम सम्पन्न


नारायण कोइराला – “स्वस्थ मुटु, शिक्षित जीवन, साहित्य सिर्जन, मीठो मिलन“भन्ने नाराका साथ शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान पाल्पाको आयोजनामा १६ औं बार्षिक दिवस्, ९३औं कुलमणि देवकोटा जन्मजयन्ति र कमलराज रेग्मी बर्ष पुरस्कार, सम्मान तथा छात्रवृत्ति वितरण समारोह तानसेनमा सम्पन्न भएको छ। कार्यक्रममा साहित्यकार रोहित प्रसाद ज्ञवालीको कुण्ठा देशको, साथै कलाकार अशोकमान सिंहको कृति नेपालका महत्वपूणर् सम्पदाहरूको किंबदन्ति र संक्षिप्त इतिहास पुस्तकहरूको विमोजन गरियो ।

पुस्तक विमाचन गर्दै प्रमुख अतिथि अग्रज साहित्यकार हरि बहादुर कुंवरले लक्ष्य हासिल गर्नका लागि सबै प्रतिवध्द भएर लाग्नु पर्ने बताउनु भयो ।

विशिष्ट अतिथि डाक्टर प्रकाश राज रेग्मीले शिक्षा, स्वास्थ्य तथा साहित्य क्षेत्रमा ओझेल परेका व्यक्तित्वहरूलाइ चिनाउनको लागि आफ्नो सहयोग निरन्तर रहने भन्दै रू.५१ हजारको अक्षय कोष राखेको बताउनु भयो । त्यसैगरी सामाजिक क्षेत्रमा योगदान पुर्याउने व्यक्ति आफैमा सन्तुष्ट हुने भएकोले समग्र पाल्पाका मुटु रोगीहरूलाइ आफ्नो तर्फबाट विशेष सेवा र सहयोग गर्ने बताउनु भयो । कुण्ठा – देशको पुस्तकका समिक्षक टंक पन्तले नीति निर्माण र जिम्मेवार पदमा बसेका सबै नागरिकले तन, मन र बचनले काम गर्न सके अवश्य पनि देश समृध्द र सफल हुने बताउनु भयो ।

त्यसैगरि नेपालका महत्वपूर्ण सम्पदाहरूको किंबदन्ति र संक्षिप्त इतिहास पुस्तकका समिक्षक कमल खत्रीले सामान्य पाठक देखि अनुसन्धनात्मक व्यक्तित्वहरूका लागि समेत पुस्तक ऐतिहासिक ज्ञानको भण्डार रहेको बताउनु भयो ।
कार्यक्रममा कोषाध्यक्ष विनोद भारतीले प्रतिष्ठानमा ७२ जना आजिवन सदस्य रहेको भन्दै जम्मा ७ लाख १८ हजार ९ सय त्रिसठ्ठीको प्रतिवेदन प्रस्तुत गर्नु भयो ।
विभिन्न विद्यालयका जेहेन्दार १७ जना विद्यार्थीहरूलाइ ज्योति छात्रवृत्तिबाट नगद रकम प्रदान गरियो । त्यसैगरि स्वास्थ्यकर्मी अम्बिका मल्ल, सुरेन्द्र पौडेल, शिक्षा क्षेत्रमा प्राध्यापक शारदा खनाल, देव प्रसाद बज्राचार्य, पत्रकार किरण कौशल लगायत लेखक तथा साहित्यकारहरू निलकण्ठ न्यौपाने, अशोकमान सिंह, देबेन्द्र लम्साल, बम्किन चन्द्र खनाल, भागिरथी श्रेष्ठलाइ विभिन्न पुरस्कार, दोसल्ला र सम्मान पत्र प्रदान गरियो ।
कार्यक्रममा राम प्रसाद अर्याल, बुध्दि प्रसाद शर्मा, प्रकाश नेपाल, गंगादेवी जिरेल, देवेन्द्र लम्साल, नीलकण्ठ न्यौपाने, अशोक आर्ट लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भयो । चन्द्रकान्त न्यौपानेको संचालनमा भएको कार्यक्रम प्रतिष्ठानका अध्यक्ष पुस्कार राज रेग्मीको अध्यक्षतामा सम्पन्न भएको हो । बन्द सत्रमा भएको अधिवेशनबाट पुष्कर राज रेग्मीको अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमिति निर्वाचन भएको घोषणा निर्वाचन अधिकृत चित्रवलीराम सुवालले गर्नुभयो ।


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

प्रतिकृयाहरू
...